२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यालय पोशाकमै गौरा हेर्न आएका बालबालिकालाई कपडा सहयोग

ADV
शिवजी मण्डेल
२०८१ भदौ १२ गते २१:४४
विद्यालय पोशाकमै गौरा हेर्न आएका बालबालिकालाई कपडा सहयोग

बझाङ : सबै जना गौरा पर्व हेर्नमा मस्त थिए, तर त्यहाँ एकजना भने विद्यालय पोशाकमा गौरा हेर्न आएका बालबालिका खोज्नमा ब्यस्त देखिन्थे । उनले हातमा कपडाको पोको बोकेर बालबालिकालाई खोज्दै थिए । यो सबै सुन्दा एउटा कहानी जस्तैः लाग्छ, तर यो यथार्थ हो ।

यो विषयबस्तु हो, बझाङको बित्थचिर गाउँपालिका –४ को । बित्थडचिर गाउँपालिका– ४ मल्ला भतडामा अवस्थित कालिका भगवती मन्दिरमा मंगलबार गौरा पर्वको बिसर्जन गरिएको छ । 

सोही दिन गौरा पर्व हेर्न विद्यालय पोशाकमा आएका बालकालिहरुलाई स्थानीय कृषि व्यवसायी प्रदिप बहादुर बोहराले कपडा वितरण गरेका छन् । 

आर्थिक अवस्था कमजोर भएर विद्यालय पोशाकमै गौरा पर्व हेर्न आएकाहरूलाई सक्दो सहयोग स्वरुप कपडा वितरण गरिएको बोहराले बताए । 

उनले आफू पनि सानो छँदा मेला महोत्सवमा जान खुब रहर लाग्ने तर अन्य लुगाफाटो नहुँदा विद्यालय पोशाक जाने गरेको समेत बताए । बोहराले विद्यालय पोशाकमा गौरा हेर्न आएका ६ जना बालबालिकालाई एक/एक जोर कपडा वितरण गरेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise