
दोहा, कतार : म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकका प्रतिभाशाली युवा दीप्सन बग्दास गायन विधातर्फ ‘कास्की आइडल सिजन–२’ को ग्रान्ड फिनालेमा प्रवेश गरेका छन् । पोखरामा रहेर सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउने यात्रामा अघि बढिरहेका बागदासलाई उपाधि जिताउन परिवारले देश तथा विदेशमा रहेका म्याग्देली र संगीतप्रेमीहरूसँग भोट, माया र सहयोगको अपिल गरेको छ ।
नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा गायन र नृत्य विधाबाट १०–१० जना गरी कुल २० जना प्रतियोगी छनोट भएका छन् । कडा प्रतिस्पर्धा पार गर्दै फाइनलमा पुगेका दीप्सनले अब उपाधिका लागि अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन् । कात्तिक १४ गते पोखरास्थित कास्की सभागृह हलमा ग्रान्ड फिनाले आयोजना हुँदै छ । म्याग्दीको प्रतिनिधित्व गर्दै फाइनलमा पुगेका दीप्सनलाई विजेता बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले सहयोग गर्ने अपेक्षा परिवारले गरेको छ ।
दीप्सनका बुवा जीवन बागदासका अनुसार आयोजक संस्थाको आधिकारिक वेबसाइट WWW.MYPAYEVENTS.COM मार्फत अनलाइन भोट गर्न सकिनेछ । भोट गर्न वेबसाइटको होम पेज वा मेनुमा रहेको ‘VOTING’ ट्याबमा क्लिक गरी ‘Kaski Idol – Season 2’ छनोट गर्नुपर्छ । त्यसपछि ‘Singing’ विधाअन्तर्गत ‘Dipshan Bagdas’ को कोड ०३ मा भोट गर्न सकिनेछ । भोट गर्दा क्युआरमा क्लिक गर्दा नयाँ क्युआर जेनरेट भएर खुल्छ त्यसमा सिधै बैङ्किङ एप मार्फत पैसा लोड गरे स्वतः भोट हुनेछ l
विश्वको जुनसुकै स्थानबाट अनलाइन मतदान गर्न सकिने व्यवस्था रहेको छ । आयोजकका अनुसार एक भोटको शुल्क एक सय रुपैयाँ तोकिएको छ भने मतदाताले न्यूनतम एकदेखि असीमित सङ्ख्यासम्म भोट गर्न सक्नेछन् । मतदान आगामी शनिवार बिहान १० बजेसम्म खुला रहनेछ । प्रतियोगिता साँझ क्रियसन्स प्रा.ली.ले आयोजनामा आयोजना गरेको हो l
