२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नगरप्रमुखसँग विद्यार्थीले राखे गुनासो

ADV
मनु यादव निरज
२०८१ भदौ १३ गते २२:३८
नगरप्रमुखसँग विद्यार्थीले राखे गुनासो

लहान : लहान सिटी जेसिजको आयोजना र लहान नगरपालिकाको सहकार्यमा लहान नगरपालिका–१९ स्थित जनता मावि सोनमति गाढामा विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विद्यालयका समस्याहरु उठान गरेका थिए । जसको सम्बोधन गर्दै मेयर महेश चौधरीले विद्यालयका अधुरो कम्पाउण्ड, वाल निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । गत आवमा यस विद्यालयमा ६० लाखमा ४ कोठे भवन र २५ लाखमा वाल निर्माण भएका थिए ।

त्यसमा चालू आवमा ९ लाख वालको लागि बजेट विनियोजन गरिएको मेयर चौधरीले जानकारी गराए । अंग्रेजी माध्यम पठन पाठन शुरु गर्ने विद्यार्थीहरुले माग गरेका छन् । कार्यक्रममा प्रअ अरविन्द दास, जेसि राकेश झा, शंकर गुप्ता, जेसिज लहान अध्यक्ष उमेश यादवलगायतको उपस्थिति थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise