२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतप्रति राष्ट्रसंघको निन्दा

ADV
रासस
२०८१ जेठ २९ गते १४:३८
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतप्रति राष्ट्रसंघको निन्दा

राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उनका प्रवक्ताले बताएका छन् ।  

महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट परेका हुन्  ।  

मानवीय जीवनमा हानी एउटा त्रासदी भएको जनाउदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गरे ।  

संयुक्त राष्ट्रसंघका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको बताए  ।  

इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई  प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise