२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संघीय शासन प्रणालीको सबलीकरणमा छलफल

ADV
राजकुमार के.सी.
२०८१ भदौ १७ गते २२:१२
संघीय शासन प्रणालीको सबलीकरणमा छलफल

पोखरा : फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरको आयोजना एवम् गण्डकी प्रदेश सरकारको समन्वयमा संघीय शासन प्रणालीको सबलीकरण विषयक छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ । 

सोमबार सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघीयता सबलीकरणका लागि सबैभन्दा पहिले शिर्ष राजनीतिक नेतृत्वको मानसिकतामा परिवर्तन आउनुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले आफ्नै पहलमा पोखरामा राष्ट्रिय समन्वय परिषदको बैठक राखेर प्रधानमन्त्रीलाई समस्या सुनाउँदा समेत कार्यान्वयन हुन नसकेको बताए । उनले संघीय सरकारले कार्य विस्तृतिकरणका नाममा प्रदेशले पाइसकेका अधिकार खोस्ने काम गरेको समेत बताए । 

गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मीकुमारी बस्नेतले प्रदेश निजामती ऐन नबन्दा समग्र प्रदेशको प्रशासनिक अवस्थामा  समस्या भएको बताइन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संघीय संसदका पूर्व सांसद प्रकाश पन्थ र पार्वती रावलले संघीयता सबलीकरणमा तीनवटै तहको महत्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सुझाव र सल्लाहको अपेक्षा सहित संघीय शासन प्रणालीको सबलीकरण विषयक छलफल कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष डा. खिमलाल देवकोटाले गरेका थिए । देवकोटाले गर्दै सातै प्रदेश स्तरमा छलफल कार्यक्रम सम्पन्न गरि सोको प्रतिवेदन संघीय सरकार, प्रदेश सरकार र राजनीतिक दलका नेतृत्वलाई बुझाउने बताए । 

छलफलमा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, पूर्व सांसदहरु, राजनीतिक दलका नेताहरु, प्रदेश सरकारका मन्त्रालयका सचिवहरु, पालिका प्रमुख लगायतको सहभागिता रहेको फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टरका कार्यक्रम निर्देशक प्रल्हाद लामिछानेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise