२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १७:२२
भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

मुग्लिन : चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो ।

जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायमा मातृभाषा लोप हुँदै गएपछि संरक्षण गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार गरी भाषाको कक्षा सञ्चालन गर्ने तयारी गरिएको परिषद्की अध्यक्ष विमलादेवी गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘गत वर्ष पनि १५ दिनको भाषा कक्षा सञ्चालन गरेका थियौँ, त्यसलाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पाठ्यपुस्तक प्रकाशन गरी कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ ।’

राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कुल जनसङ्ख्या ४९ हजार ८२७ छ । ‘कुल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन छैन, यहाँ पछिल्लो समय भाषाको ज्ञान हराउँदै गएको हुँदा भावी पुस्तासम्म पु¥याउन पनि तालिम आवश्यक छ’, अध्यक्ष गुरुङले भने ।

तमू भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक एवं ह्युल छोंज धीँका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङका अनुसार गत वर्ष भरतपुरमा मात्रै भाषा कक्षा सञ्चालन गरिएको थियो । यस वर्ष भरतपुरसहित रत्ननगर र इच्छाकामनामा पनि कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

गुरुङले भने, ‘कम्तीमा तालिम लिन चाहनेलाई सहज होस् भन्ने उद्देश्यका साथ यस वर्ष आधारभूत ज्ञानसहितको पाठ्यपुस्तक तयार गरिरहेका छौँ, छापाको काम भइरहेको छ ।’ पुस्तक छापिएपछि तत्काल कक्षा सञ्चालन गरिने उनले भने ।

पुस्तक प्रकाशन समिति सदस्य किशोर गुरुङले छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिए । कम्तीमा आधारभूत तहको पुस्तक भए पनि जिल्लाबाट प्रकाशन गर्दा यसले आगामी दिनमा पनि भाषा संरक्षण र प्रवर्द्धनमा टेवा उनले बताए । उनले भने, ‘तमू ह्युल छोंज धीँले गर्नैपर्ने एउटा महत्वपूर्ण काम हामीले गर्न खोजिरहेका छौँ, हाम्रो पुस्ताले थोरै मिहिनेत गरे नयाँ पुस्तालाई सहज हुने भएकाले यसपटक हामीले पाठ्पुस्तक तयार गरेका हौँ ।’

प्रकाशन समिति सदस्य गुरुङका अनुसार गुरुङ भाषाको आफ्नै खेमा लिपि भए पनि नेपाली अक्षरबाट भाषा कक्षा सञ्चालन गरिने छ । ‘करिब लोप हुने अवस्थामा रहेको खेमा लिपिका लागि भाषा जानेको व्यक्तिले पनि सिक्नुपर्ने देखिन्छ’, उनले भने, ‘खेमा लिपि सिकाउने पनि योजनाभित्र छ, सहज छैन, त्यसकारण नेपाली अक्षरबाट पाठ्यपुस्तक निर्माण गरी कक्षा सञ्चालन गर्नेछौँ ।’

भूगोलका हिसाबले चितवनका रैथाने गुरुङहरु भाषामा कमजोर छन् । बाहिरी जिल्लाबाट आएर बसेकाहरुले पनि बिर्सँदै गएपछि भाषा हराउने जोखिम बढ्दै गएको उनको भनाइ छ ।

यसैबीच, माओवादी निकट संगठनहरुले सांसद केसीको रिहाइमा विरोध प्रदर्शन गरेका छन् । दोषी ठहर भएका केसीलाई सजाय मिनाह गरेको भन्दै अखिल क्रान्तिकारी र वाइसएलले रकुम पूर्वले अदालत अघि विरोध प्रदर्शन गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise