२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरुहरू सक्रिय

shivam cement
२०८२ कार्तिक १२ गते १०:४७
सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरुहरू सक्रिय

बझाङ : सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन् । गाउँ गाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक  कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन् ।

बुंगल नगरपालिका-६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरुहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरूक बनाउने अभियान थालेका छन्।

धार्मिक प्रवचनमा पण्डित पन्तले धर्मशास्त्रमा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको बताए । सनातनी हिन्दू धर्म मान्नेहरूले कुनै किसिमको कुरीतिलाई स्वीकार गर्न नहुनेमा उनले जोड दिएका छन् । उनले भने, “महिनावारी प्राकृतिक कुरा हो । महिनावारी नहुनु भनेको अस्वस्थ हुनु हो । बाँझोपन हुनु हो । जब सृष्टिकर्तामा नै बाँझोपन आउँछ भने उसले उत्पादन गर्न सक्दैन । त्यसैले महिनावारी भएकालाई सम्मान गर्नुपर्छ ।”

परम्परागत रूपमा प्रयोग गरिने पञ्चगब्य र सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको सनातनी आर्यले बताए । “गहुँत छर्कनु भनेको कीटाणु मार्नु हो । गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्छ”, उनले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise