२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

चित्रीपाटन चिनाउन म्याराथन हुने

shivam cement
प्रचण्ड खत्री
२०८२ कार्तिक १२ गते १४:४६
चित्रीपाटन चिनाउन म्याराथन हुने

रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा म्याराथन हुने भएको छ । नगरपालिकाको वडा नम्बर २ ,४, ५ र ६ मा रहेको चित्रीपाटनलाई चिनाउन म्याराथन हुने नगरपालिकाले जनाएको छ  ।

कात्तिक १८ गतेदेखि हुने म्याराथनको दूरी ३० किलोमिटर रहने छ । आठबिसकोट नगरपालिका वडा नम्बर ४ र ५ संरक्षक रहेको म्याराथन व्यवस्थापन समितिले जनाएको छ ।

व्यवस्थापन समितिका अध्यक्ष महेश सीका अनुसार वडा नम्बर ४ को चौतारा देखि सुरु भएर वडा नम्बर ५ को नयाँ डाँडा हुँदै चित्रिपाटन तेस्रा खोला मन्दिरसम्म पुगेर बुराउँसेबाट चौतारा झरेर दौड सकिने बताएको छ । उनका अनुसार म्याराथनको विजेताले १ लाख र दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार पुरस्कार पाउने आयोजकको भनाइ छ ।

 १०औं स्थानसम्म रहनेलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथन सञ्चालनका लागि नगरपालिका र वडाहरूले पनि बजेटको व्यवस्थापन गरेका छन् भने सहयोगका लागि सार्वजनिक अपिलसमेत गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेका देशका १ सय पर्यटकीय गन्तव्यमध्येको एक चित्रीपाटनको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको हो । गौतामहरुको उद्गगम स्थल र पर्यटनका लागि प्रचुर सम्भावना रहेकोले चित्रीपाटनको प्रचार प्रसार गरी चिनाउने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise