२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

shivam cement
२०८२ कार्तिक १२ गते १८:५१
Shares
चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

काठमाडौंः जिल्ला अदालत काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिइ जिल्ला अदालतमा उपस्थित गराएको थियो । म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका–६ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका–४ घर भइ भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका–६ घर भइ भक्तपुर, चाँगुनारायण नगरपालिका–२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका–२ घर भइ काठमाडौं बूढानीलकण्ठ नगरपालिका–६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका–७ घर भइ काठमाडौं महानगरपालिका–२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन् । 

सम्बन्धित खबर