२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

४० वर्षमुनिका युवाहरुकाे राष्ट्रिय शिखर सम्मेलन गर्दै छौं : पोखरेल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ असोज ६ गते १२:१०
Shares
४० वर्षमुनिका युवाहरुकाे राष्ट्रिय शिखर सम्मेलन गर्दै छौं : पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पाेखरेलले युवा पुस्तालाई पार्टीको काममा जाेड्ने याेजनाअनुसार ४० वर्षमुनिका युवाहरुकाे राष्ट्रिय शिखर सम्मेलन आयाेजना गर्न लागिएको जानकारी दिएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरुकाे छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार तुलसीपुरमा सम्बाेधन गर्दै महासचिव पाेखरेलले नयाँ पुस्ताकाे बीचमा पार्टीलाई पुर्‍याउने गरी पार्टीले जाेजना बनाएकाे बताए ।

पार्टीमा युवा पुस्तालाई आकर्षित गर्दै संगठन विस्तार र सदस्यता वितरणलाई व्यापक बनाउँदै पार्टीका कामलाई व्यवस्थित गरेर अघि बढ्न उनले निर्देशन दिए । 'युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाई जाेड्ने गरी प्रभावकारी याेजना निर्माण गरेर काममा खटिनुहोस्,' उनले भने, 'पार्टीले बनाएकाे याेजना अनुसार पार्टीलाई व्यवस्थित गरेर अघि बढ्नुपर्छ ।'

जनसराेकारकाे मुद्दामा पार्टीलाई अग्रपंक्तिमा उभ्याउन पनि उनले निर्देशन दिए । यस्तै उनले प्रशिक्षणलाई पार्टी नेतृत्वकाे आधारकाे रुपमा विकास गर्नुपर्ने बताए । पार्टी कार्यालयलाई पनि व्यवस्थित बनाउन उनले निर्देशन दिए । 'पार्टी कार्यालय जनसम्पर्ककाे प्रमुख थलाे बन्नुपर्छ । पार्टी कार्यालय अभिलेख कार्यालय पनि हाे । सबै चिजकाे रेकर्ड व्यवस्थित हुनुपर्छ,' उनले भने, 'पार्टीकाे प्रचारकाे कामलाई व्यवस्थित गरिनुपर्छ । साेसल मिडिया नेटवर्क बनाउनुपर्ने छ ।'

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलकाे अध्यक्षतामा भएका कार्यक्रममा पार्टीको कामलाई सांगठनिक, राजनीतिक र समृद्धिकाे रुपमा अभियानजसरी व्यापक बनाउने विषयमा छलफल गरिएको थियाे ।

ADV

ताजा खबर

सम्बन्धित खबर