२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

'बुढानीलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन तीनै तहका सरकारले गुरुयोजना तयार गर्नुपर्छ'

ADV
लेखनाथ सिकारु
२०८१ असोज ७ गते ११:५५
'बुढानीलकण्ठ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन तीनै तहका सरकारले गुरुयोजना तयार गर्नुपर्छ'

काठमाडौं : बागमती प्रदेश सभाका सदस्य जयराम थापाले धार्मिक र पर्यटकीय हिसावले धेरै सम्भावाना बोकेको बुढानीलकण्ठ क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन तीनै तहका सरकारले गुरुयोजना तयार पार्नुपर्ने बताएका छन्  ।

४५औं विश्व पर्यन दिवसको अवसर पारेर बुढनीलकण्ठ नगरपालिका र सोट्टो नेपालको आयोजनामा एकदिवसीय पदयात्रा कार्यक्रममा बोल्दै सांसद थापाले यस क्षेत्रलाई पदमार्गसहित धार्मिक र साइक्लिङ गर्ने प्रमुख गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले सुरक्षाका हिसावले यो क्षेत्र संवेदनशील भएपनि सिस्टम बसाएर अहिलेभन्दा सहज बनाउनुपर्ने बताए ।

ऐतिहासिक बुढानीलकण्ठ मन्दिर परिसरबाट शुरु भएको पद यात्रा नगरपालिकाकै ५ नम्बर वडामा पर्ने डाँडागाउँमा पुगेर समापन भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले सरकारले यस क्षेत्रको विकास र उन्नतिका लागि योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिएका थिए । 

पद यात्रा कार्यक्रमको शुभारम्भ गर्दै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठराम अधिकारीले पालिकामा पर्यटन बोर्ड गठन गरेर पर्यटन नीति तयार पार्न लागिएको बताए । बोर्डले पेस गर्ने कार्यअनुसार बढीभन्दा बढी पर्यटन यस धार्मिक नगरीमा ल्याउन कोसिस गरिने मेयर अधिकारीले बताए । मेयर अधिकारीले भने, 'अब बोर्डले पेस गर्ने कार्ययोजनाअनुसार वार्षिक क्यालेन्डर बनाएर लागू गरिने छ ।'

कार्यक्रममा उपप्रमुख अनिता लामाले पालिकाले वर्षैभरि पर्यटन उत्सव मनाउन बोर्ड गठन गरेको जानकारी दिँदै प्रकृति र सांस्कृतिक विविधताले भरिपूर्ण यस नगरलाई विश्वसामू परिचित गराउन कुनै कसर बाँकी नराख्ने बताइन् । उनले भनिन्, 'सांस्कतिकरुपले अनुपम यसै स्थलमा खप्तड बाबाको समाधिस्थल र शिवपुरी बाबाले ज्ञान प्राप्त गरेको भूमि भएकाले पनि यो नगर अन्य भन्दा विशेष छ ।'

उनले जामचेन स्तुपा, कपन गुम्बा र नागी गुम्बा जस्ता धार्मिक स्थललाई आन्तरिक तथा बाह्य पर्यटकका रोजाइमा पार्न नगरले गठन गरेको बोर्डले काम गरिरहेको बताइन् ।

नगरपालिकाका प्रवक्ता एवम् वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले नयाँ गठन भएका नगरपालिकामध्ये बुढानीलकण्ठले पहिले पटक आफ्नै पर्यटन बोर्ड गठन गरेकाले यस क्षेत्रको बृहत्तर विकासका लागि बोर्डले बनाएको नीतिअनुसार डीपीआर तयार पारिएको बताए । उनले पर्यटनको दिगो विकासका लागि डीपीआरअनुसार वर्षैभरि पर्यटक आउने वातावरण बनाइने जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise