२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

पाँचथर पहिरो अपडेट: तीनको मृत्यु, पाँच बेपत्ता 

ADV
लेखनाथ सिकारु
२०८१ असोज १२ गते १०:०९
पाँचथर पहिरो अपडेट: तीनको मृत्यु, पाँच बेपत्ता 

पाँचथरः पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।  जिल्लाको फिदिम ४ मा पहिरोले पुरिँदा २४ वर्षीया सपना शेर्पा र ५ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ भने फिदिम नगरपालिका–१ दुमा पुच्छारमा पहिरोले घर बगाउँदा ५० बर्षिय गोपी विश्वकर्माको मृत्यु भएको  फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए ।

बिहीबार रातिबाट लगातार परिरहेको वर्षाको कारण फिदिम नगरपालिका–४ चिसापानीमा रहेको आदिवासी जनजातिको भवन छेउको घरमा गएराति  माथिबाट आएको पहिरोले पुरिएर सपना र डोल्माको मृत्यु भएको हो । 

नगरप्रहरी प्रमुख पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । घटनाको बारेका विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । 

यसैगरी फिदिम१ दुमामा पहिरोमा परि कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ताहरूको खोजी कार्य भइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise