२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

स्वदेश फर्किएर बाख्रा पालन

ADV
ललित बोहरा
२०८१ असोज १३ गते २१:२१
स्वदेश फर्किएर बाख्रा पालन

बैतडी : खाडीको उच्च तापक्रममा काम गर्ने बैतडीका एक युवकले स्वदेश फर्किएर विगत पाँच वर्षदेखि बाख्रा पालन गर्दै आएका छन् । 

पाटन नगरपालिका १ डंसिलीका कृष्ण सिंह बोहराले तीन वर्ष विदेशमै बिताए । उनले बहराइमा दुःख गरे । उनी त्यहाँ सुरक्षा गार्डको काम गर्थे ।

अन्ततः उनी स्वदेश नै फर्किएर बाख्रापालन गर्ने निधो गरे ।  ४२ वर्षीय बोहरा पाँच वर्षदेखि बाख्रा पालन गर्दै आएका छन् ।

सम्बन्धित निकायमा व्यवसायिक र्फम दर्ता गरेर बाख्रापालन गर्दै आएका छन् । परिवारलाई समेत समय दिन मिल्ने व्यावसायबाट ८ लाख रुपैयाँ बराबरको कारोबार भएपछि उनी खुसी छन् । तर सरकारी निकायले भने कुनै सहयोग नगरेको उनको गुनासो छ । 

उनले भने,‘म निरन्तर बाख्रा पालन पेशामा आबद्ध छु, आम्दानी पनि राम्रो छ, तर सरकारलाई कर तिर्नुपर्छ । सरकारले केही अनुदान दिएको छैन ।’ 

उनी मात्र हैन पाटन नगरपालिका–१ का ५१ वर्षीय तेजसिंह बोहराले पनि आधुनिक खोरमा बाख्रा पालन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कार्यक्रमबाट २०७८ मा आधुनिक खोर निमार्ण गरिदिनपछि थप व्यवस्थित रुपमा बाख्रा पालन शुरु गरेका छन् ।

बोहराले ५ वर्ष भारतमा काम गरेको दुःख सम्झिँदै अहिले व्यावसायिक रुपमा बाख्रा पालन पेशामा लागेको बताए । उनले उन्नत जातका बाख्रापालन गरेर आम्दानी गरिरहेका छन् । बाख्राको बिक्री वितरण घरबाटै हुने गरेको छ । 

उनले भने,‘बाख्रा पालन गरेर कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन् । घरमै आएर खरिद गर्ने गरेका छन् ।’ बोहराले उन्नत जातको बोका समेत आफ्नो आम्दानीबाट खरिद गरेका छन् । ‘जंगलमा बाख्राहरुसँग  गीत गाउँदै समय गएको थाहा हुँदैन्’ उनले सुनाए ।

यी दुई युवा युवा त उदाहरण मात्रै हुन् । सुदूरपश्चिम प्रदेशका अधिकांश चरन क्षेत्र भएका स्थानमा बाख्रापालन पेशा फष्टाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मगरौ गाउँ बस्ने सुरेन्द्र बहादुर चन्दले ६० बाख्रा पालेको एक दशक बढी भयो । आधुनिक खोरमा बाख्रा पालन गरेका उनले अनुदानका कार्यक्रम सरकारबाट पाएपनि नश्ल सुधारमा सहयोग नपाएको बताए ।

सरकारले युवा व्यवसायीलाई पोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने जानकारीहरुको बुझाइछ । प्रदेश सरकारको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रले हरेक वर्ष बाख्रा तथा बोयर जातका बोका वितरण गर्ने गरेकाले बाख्रा पालन फष्टाएको दाबी उनको छ ।

मुख्यमन्त्री एकीकृत कार्यक्रम लगायतबाट युवाहरुलाई फर्म स्थापना गरेर अनुदानका कार्यक्रममा समावेश गरेको  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका कार्यालय प्रमुख श्याम बहादुर खड्काले बताए । युवा लक्षित कार्यक्रम पहुँचका भरमा आफन्त तथा कार्यकर्तालाई नदिइ व्यवसायीक युवाहरुलाई अनुदानका कार्यक्रममा समावेश गर्नुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise