काठमाडौं : नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी छन् ।
समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल नियुक्त भएका छन् । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो ।