२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

आइसिएफसी फाइनान्सले ५० करोडको ऋणपत्र निष्कासन गर्ने

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते २०:४२
आइसिएफसी फाइनान्सले ५० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं : आइसिएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ प्रतिशतमा आइसिएफसी फाइनान्स डिबेन्चर निष्कासन गर्ने भएको हो । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच दुई पक्षले समझदारी गरेका हुन् ।

सो सम्झौतापत्रमा आइसिएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise