२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

स्काई लाइन इन्फ्राको साधारण सेयर निष्कासनका लागि हिमालय सेक्युरिटिजसँग सम्झौता

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते २०:४५
स्काई लाइन इन्फ्राको साधारण सेयर निष्कासनका लागि हिमालय सेक्युरिटिजसँग सम्झौता

वीरगन्ज : चारतारे होटल स्काई लाइन इन्फ्राको  सेयर निष्कासन सम्बन्धमाा निष्कासन तथा बिक्री प्रबन्धमा हिमालय सेक्युरिटिज बैंकरले गर्ने भएको छ ।

सम्झौताले स्काई लाइन इन्फ्रालाई नयाँ व्यावसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुर्‍याउनेछ । सम्झौताको हस्ताक्षरमा स्काई लाइन इन्फ्राका तर्फबाट राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, प्रतीक अग्रवाल, आकृति अग्रवाल, अंकुर भंगर अग्रवालले गरे ।

हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजवाहकको प्रतिनिधित्व रह्यो । हिमालय सेक्युरिटिज बैंकर नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेस्टमेन्ट्स बैंकिङ सेवा प्रदान गर्दै आएको छ । स्काई लाइन इन्फ्रा सरोवर पोर्टीको ब्रान्डअन्तर्गत चारतारे होटलका रूपमा स्थापित रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise