२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

जुम्लाबाट पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ निर्यात

ADV
दिलमाया शाही
२०८१ असोज १३ गते २१:२६
जुम्लाबाट पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ निर्यात

जुम्ला : जुम्ला जिल्लाबाट पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाकाअनुसार सो जिल्लाले आर्थिक बर्ष २०८१/०८२ मा पाँच हजार आठसय ६२ टन स्याउ निर्यात गरेको हो । कार्यालयले वार्षिक समीक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रगति र आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमका बिषयमा सार्वजनिकीरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यालयले शुक्रवार सम्पन्न गरेको समीक्षामा ढुवानीबाट पाँच हजार पाँच सय ५० मेट्रिक टन, हवाई जहाजबाट २४ मेट्रिक टन, हाईस र जिपबाट २५८ मेट्रिक टन, बसबाट सिधै जुम्लाबाट काठमाडौं ३० टन स्याउ निर्यात भएको छ । सो तथ्यांकअनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार स्याउबाट आम्दानी गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत राज्यलक्ष्मी खत्रीले यस बर्ष  १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य रहेको बताइन् । उनकाअनुसार निर्यात भएको स्थानीय स्याउ पाँच हजार आठ सय ६२ मेट्रिक टन २०८१ साउन २९ देखी २०८१ असोज ८ गते सम्मको तथ्यांक हो । केही स्याउ किसानले घरमै खाने तथा विभिन्न परिकारहरु तयार गर्ने गरेका छन् । अहिले अग्लो स्थानको स्याउ, फुजी स्याउ र गोल्डेन स्याउ निर्यात भईरहेको छ । फुजी स्याउ थप तीन सय टन उत्पादन हुने अनुमान गरिएको छ । 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख वालाकराम देवकोटाका अनुसार सिँचाइमा २६ वटा  ४ हजार ८ सय मिटर आरसिसी क्यानल निर्माण, २२ वटा आरसिसी ट्यांकी निर्माण, ११५ वटा हिउँदे बगैँचा काँटछाँट अभियान, ६ जना प्रांगारिक सिँचाइ गर्ने किसानलाई साना सिँचाइ ६ वटा समुहलाई सामग्री वितरण र तातोपानी गाउँपालिका वडा नम्बर ५ स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ । साथै छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ । उच्च घनत्वका स्याउका बिरुवा खरिद गर्न भने टेण्डर नपरेको उनले बताए । ५० प्रतिशत अनुदानमा २० लाख बजेटको उच्च घनत्व जातका स्याउका बिरुवा आयात गर्ने कार्यक्रममा २ पटक सूचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन् । त्यस्तै, समीक्षा कार्यक्रममा किसानले सरोकारवाला निकायको सुझावमा योजना छनौट तथा सरोकारवालाको अनुगमन आवश्यक रहेको सुझाव दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise