२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ कार्तिक २० गते ११:१८
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी २० रुपैयाँले बढेर तोलामा तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार नौ सय ९० रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित खबर