२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

राहत तथा उद्धार कार्यमा संलग्न हुन पार्टी पंक्तिलाई एकीकृत समाजवादीको निर्देशन

ADV
लेखनाथ सिकारु
२०८१ असोज १३ गते २१:३६
राहत तथा उद्धार कार्यमा संलग्न हुन पार्टी पंक्तिलाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय पार्टी पंक्तिलाई राहत तथा उद्धार कार्यमा संलग्न हुन निर्देशन दिएको छ । 

आइतबार अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् । विज्ञप्तिमा भनिएको छ,‘विगत केही दिनदेखि लगातार देश भर भएको अविरल वर्षापछि आएको बाढी–पहिरो र डुबानले देशका विभिन्न भागहरूमा सयौं नागरिकहरुको ज्यान गएको छ, सयौंको संख्यामा  नागरिकहरू सम्पर्क विहीन भएका छन् र सयौं नागरिकहरु घाइते भएका छन् । यसैगरी प्राकृतिक प्रकोपबाट  सयौं घरहरू क्षतिग्रस्त भएका छन्  भने अरबौको  भौतिक सम्पत्ति नष्ट भएको छ । यस प्रकृति विपत्तिले हामीलाई अन्यन्त मर्माहत तुल्याएको छ ।’

यस्तै प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना समेत प्रकट गरिएको छ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनासहित बाढी पहिरोमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरू तथा स्वयम्सेवक संस्थाहरूसँग मिलेर काम गर्न स्थानीय पार्टी कमिटी तथा नेता कार्यकर्ता सबैलाई विशेष अपिल गरिएको छ । 

अध्यक्ष नेपालले बाढी पहिरो र डुवानमा फसेका नागरिकहरुको उद्धार तथा उनीहरुलाई बस्ने र खाने व्यवस्था मिलाउन सरकारसँग माग समेत गरेका छन् । बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निःशुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत सम्भार गर्न समेत पार्टीले सरकारसँग जोडदार माग गरेको छ । अझै पनि नदी, नालाहरुको पानीको बहाब कम भइ नसकेको र बाढी–पहिरो आउने र क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनसमेत सबैमा अनुरोध गरिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise