काठमाडौं : नेपाल क्रिकेट संघको १७ सदस्यीय निर्वाचनका लागि २९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षको लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले उमेदवारी दिएका छन् । उपाध्यक्षमा मिङमा डण्डु शेर्पा र राजुबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।
कोषाध्यक्षमा पनि दुई जनाको उम्मेदवारी परेको छ । रोशनकुमार सिंह र उपेन्द्र भट्टाराईले कोषाध्यक्षमा उम्मेदवार दिएका हुन् । यसैगरी सचिवमा विनोद कुमार मैनाली र असोकनाथ प्याकुरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
एक जना महिला सदस्य जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छिन । सात प्रदेशबाट एक एक सदस्यको लागि हुने निर्वाचनमा पाँच सदस्य निर्विरोध निर्विरोध भएका छन् ।
प्रदेश २ बाट दाउद अन्सारी, चारबाट ऋषिराज गौतम पाँचबाट प्रशान्त विक्रम मल्ल, छबाट पदमराज खड्का र सातबाट विक्रम बिष्ट निर्विरोध निर्वाचित भएका हुन ।
३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार रहेको छ । अध्यक्षमा निर्वाचित हुन ३० मतको आवश्यकता पर्दछ । क्यानमा सरकारी हस्तक्षेप सहित विभिन्न कारण देखाउँदै आईसीसीले २०७३ देखि निलम्बन गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies