२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

दशैंअघि तलब भत्ता नपाए आन्दोलनमा उत्रिने पशुपतिका कर्मचारीहरुको चेतावनी

ADV
लेखनाथ सिकारु
२०८१ असोज १५ गते २२:०५
दशैंअघि तलब भत्ता नपाए आन्दोलनमा उत्रिने पशुपतिका कर्मचारीहरुको चेतावनी

काठमाडौं : पशुपति क्षेत्र विकास कोषमा अस्थायी करार र ज्यालादारीमा कार्यरत एक सय बढी श्रमिकहरूले आफूहरूले खाइपाइ आएको तलबभत्ता दशैं अघि नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कोषमा कार्यरत स्थायी र मन्त्रालयबाट साउन १ गते पछि सिधै नियुक्ति भएका कर्मचारी बाहेकका वर्षौदेखि कार्यरत अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत एक सय बढी श्रमिकको ८१ साउनदेखि तलब भत्ता रोकेको भन्दै अस्थायी कर्मचारीहरूले श्रमिकलाई कोषले आर्थिक नाकाबन्दी गरेको आरोप समेत लगाएका छन् । 

चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् । तर, माथिल्लो तह र प्रशासनमा काम गर्ने कर्मचारीले भने तलब खाइरहेको सूचना आफहरुलाई आएको एकृत ट्रेड युनियनका सचिव रवि केसीले जानकारी दिए । 

दशैं अघि आफूले खाइपाइ आएको तलव भत्ता नपाए मजदुरहरूले यही असोज १८ गते शुक्रबार बिहान ११ बजेसम्म तलब भत्ता नदिए शुक्रबार मध्याह्न १२ बजे देखि कोषमा आन्दोलन शुरु गर्ने बताएका छन् ।

मजदुर नेता रवि केसी पशुपतिका अस्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीको तलब भत्ता रोकेर कोषले कर्मचारीप्रति श्रमशोषण गरेको भन्दै उनीहरूको आन्दोलनमा आफूहरूको पनि ऐक्यवद्धता रहने बताए । नेता केसीले कोषले पटक–पटक यसरी अस्थायी करार र ज्यालादारीका कर्मचारी प्रति गरेको व्यवहार प्रति दुःख प्रकट गरे । साउनदेखि तलब नपाउँदा आफूहरू निकै ठूलो संकटमा परेको एक कर्मचारीले बताए । उनले भने ‘दशैं पनि भित्रियो पारिश्रमिक नआउने हो कि भन्ने चिन्ताले सताएको छ’ उनले भने ।

गत साउनदेखि नै सुरक्षाकर्मीदेखि सरसफाइमा काम गर्ने एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन्, तर साउन १ गतेबाट हाजिर भएका अधिकृत तहका कर्मचारीले भने पारिश्रमिक पाइरहेको उनको दाबी छ ।

तलब माग्दा परिषद् बैठकले निर्णय नगरेको र बैठकमै पारिश्रमिक निकासाका लागि एजेण्डा नै नउठेको भन्दै माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई टार्दै आएको आफूलाई गुनासो आएको एकीकृत ट्रेड युनियनका सचिव केसीले बताए । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बसेर उनीहरूलाई तलब निकासा गर्नुपर्नेमा कोषले बेवास्ता गर्दै आएको उनले आरोप लगाए । 

‘एक दुई दिनमै परिषद् बैठक बसेर उहाँहरूको तलब दिन्छौँ । काम गरेपछि तलब नदिने भन्ने कुरै भएन’  कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने । उनले दशैंअघि नै सबै कर्मचारीले तलब पाउने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise