२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

साउदीबाट तलब नपाइ फर्किएका चार कामदारलाई सम्पर्क गर्न आग्रह

ADV
अन्जान गुभाजु
२०८१ असोज १६ गते ०६:२५
साउदीबाट तलब नपाइ फर्किएका चार कामदारलाई सम्पर्क गर्न आग्रह

जेद्दा, साउदी : साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले चार जना नेपाली कामदारको तलबवापतको ९ लाख रूपैयाँभन्दा बढी रकम संकलन गरिदिएको छ । साउदी अरेबियाको स्लेह सान अल सलमा एण्ड प्रिन्टर्स कम्पनीमा काम गरेका चार जना नेपाली कामदारको २६ हजार साउदी रियालभन्दा बढी रकम संकलन गरिदिएको जेद्दास्थित महावाणिज्यदूतावासले जनाएको छ ।

साउदी अरेबियामा कार्यरत रहँदा तलब र सुविधा नपाइ नेपाल फर्किएका बसुदेव चौधरीको ६ हजार ३ सय ८४, शिव यादवको ६ हजार ३ सय ८३, रविन्द्रलाल मण्डलको ६ हजार ३ सय ८३ र बासुदेव यादवको ७ हजार २ सय रियाल संकलन गरिदिएको हो ।

महावाणिज्यदूतावासले प्रभावित श्रमिकका परिवारलाई रकम भुक्तानी लिन आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । महावाणिज्यदूतावासले बाँकी तलब र भत्ताजस्ता सुविधा प्राप्त नगरेको भन्दै उनीहरूको समस्यालाई समाधान गर्न पहल गरेको जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise