२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

मेक्सिकोमा आप्रवासी सावार गाडीमा गोली चलाइँदा ६ जनाको मृत्यु

ADV
२०८१ असोज १८ गते ०६:३५
मेक्सिकोमा आप्रवासी सावार गाडीमा गोली चलाइँदा ६ जनाको मृत्यु

काठमाडौं : नेपालीहरू समेत रहेको आप्रवासीहरूको एक समूहमाथि मेक्सिकोको दक्षिणी भागमा सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार यात्रा गरिरहेका ३३ जनाको समूह बोकेको एउटा गाडीमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जना आप्रवासीको मृत्यु भएको छ । 

मेक्सिकोको रक्षा मन्त्रालयले मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किलोमिटर) उत्तरमा भएको घटनामा थप १० जना आप्रवासी घाइते भएको बताएको छ । मन्त्रालयले सैन्य गस्तीले तीव्र गतिमा यात्रा गरिरहेको आप्रवासीहरूको पिक–अप गाडीलाई रोक्ने प्रयासमा गोली चलाएको बताएको छ । अमेरिकाको सीमामा पुग्ने आप्रवासीहरूको संख्यालाई रोक्न मेक्सिकोले अत्यन्तै कडाइसाथ गस्ती गर्ने गरेको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार उक्त समूहमा नेपालीसहित इजिप्ट, क्युवा, भारत र पाकिस्तानबाट अमेरिका प्रवेशका लागि गएका आप्रवासी रहेका थिए । मृत्यु हुनेहरूको राष्ट्रियता खुलाइएको छैन । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १२ जना घाइतेमध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । बाँकी १७ यात्रुलाई अध्यागमन अधिकारीलाई बुझाइएको बताइएको छ । 

मेक्सिकन रक्षा मन्त्रालयले शून्य दण्डहीनताको नीतिअन्तर्गत कडाइ गरिएको बताएको छ । तर प्रत्येक वर्ष नेपालीसहित हजारौं आप्रवासीहरू मेक्सिको हुँदै बस, लरीहरू र मालवाहक रेलहरूमार्फत अमेरिका–मेक्सिकन सीमामा पुग्ने गरेका छन् । उक्त प्रयासमा लाखौं रकम मानव तस्करहरूलाई बुझाउने गरेको कतिपयले बीच बाटोमा ज्यान गुमाउने गरेका उनीहरू घातक दुर्घटनाहरू, आपराधिक समूहहरूद्वारा अपहरण र भ्रष्ट अधिकारीहरूद्वारा जबरजस्ती फिरौतीको जोखिममा रहेकोे बीबीसीले बताएको छ ।

२०२१ को डिसेम्बरमा मेक्सिकोको चियापामा तस्करहरूको लरी पल्टिँदा ५६ जना आप्रवासीहरूको मृत्यु भएको थियोे । तर चियापास क्षेत्रमा अमेरिका प्रवेश गर्न चाहने अवैध आप्रवासीको संख्यामा कमी आउन नसकेको बताइएको छ । अवैध बाटो हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमा क्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise