२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुरु

ADV
क्षितिज किरण
२०८१ असार १ गते १७:१०
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुरु

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आएको छ । अस्पतालमा असार १ गतेदेखि घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।

यो सुविधाअन्तर्गत सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गइ अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् । उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्करुपमा टिक काट्न सकिने व्यवस्था गरिएको छ ।

यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमितरुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवा सुचारु गरिएको उनले बताए ।

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु विस्तार गर्दै जाने मेसु ढकालले बताए । अस्पतालले शुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरुका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि विस्तारै समेट्ने योजना रहेको ढकालले जानकारी दिए । अस्पतालमा दैनिक २ हजारदेखि २५ सय जनसम्म सेवाका लागि आउने गर्छन् ।

यसैगरी अस्पतालमा नियमित औषधि सेवनका लागि आउने बिरामीहरुलाई मध्यनजर गरी बिहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा आएको छ । यसअघि बिहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधि सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधिको सेवा लिन सक्ने अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise