२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

उमेरहद देखाएर निकालिएका श्रमिकको पक्षमा कानूनी लडाइँ लड्ने चेतावनी

ADV
लेखनाथ सिकारु
२०८१ असोज २१ गते २२:३१
उमेरहद देखाएर निकालिएका श्रमिकको पक्षमा कानूनी लडाइँ लड्ने चेतावनी

काठमाडौं : वीर अस्पतालमा कार्यरत १० जना श्रमिकलाई उमेरहदको बहाना बनाएर कामबाट निष्कासन गरेको भन्दै  श्रमिकहरूको पक्षमा वकालत गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियन र नेपाल स्वतन्त्र  आउटसोर्स श्रमिक संगठनले निर्णय सच्याउन ध्यानाकर्षण गराएका छन् । 

संगठनले सोमबार वीर अस्पतालको प्राङ्गणमा पत्रकार सम्मेलन गरी आफ्नो ध्यानाकर्षण भएको जनाउँदै निर्णय नसच्याए श्रमिकको हक र हितको पक्षमा जस्तोसुकै लडाइँ लड्ने चेतावनी दिए । 

 मुख्य रोजगारदाता संस्था वीर अस्पताल प्रशासनले पचास वर्षे उमेर हद कायम गरी सहायक रोजगारदाता संस्था इनफोटिचमार्फत ९ जना श्रमिकलाई निकालेको मजदुर संगठनका नेताहरूको आरोप छ ।

No description available.

५८ वर्षसम्म काम गर्ने पाउने अधिकारलाई नियम विपरित सामन्ती प्रशासकले श्रम गरी खानबाट वञ्चित गरेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका महासचिव वेदप्रसाद हुमागाँईले बताए ।

उनले पत्रकार सम्मेलनमा भने,‘वीर अस्पतालको डाइरेक्टर आफू ६३ वर्ष जागिर खान्छन्, तर श्रमिकलाई ५० वर्षे उमेर हद कायम गर्दै निकाल्छन् भने यो सरासर अन्याय हो ।’ काम गर्न सक्ने स्वास्थ्य र तन्दुरुस्त कामदारहरूलाई हाजिर नगरी कामबाट निकालेर देखाउन उनले चुनौती समेत दिए । 

श्रमिकहरूको पक्षमा वकालत गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर कार्की र नेपाल स्वतन्त्र  आउटसोर्स श्रमिक संगठनका अध्यक्ष तारादेवी केसीले संयुक्त प्रेस विज्ञप्ति नै जारी गर्दै उनीहरुको पुनर्वहली गरी हाजिर नगराए कानूनीदेखि अन्य सबै लडाइँ लड्ने चेतावनी दिएकी छन् । 

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीका अनुसार सहायक रोजगारदाता कम्पनीले प्रशासनको दबाबमा मनोमानी नीति बनाएर ९ जान श्रमिकलाई निष्कासन गरेको हो ।  टेण्डरको नाममा श्रम कानुन विपरित हाजिर गर्न वञ्चित श्रमिकलाई कानून बमोजिम हाजिर गराउन भन्दै उनले भने,‘श्रम ऐन २०७४ को दफा १४७ मा ५८ वर्ष काम गर्न पाउने व्यवस्था छ ।’  उक्त कानूनको पालन नगरी कामदार निकाल्नु  नीति विपरित रहेको कार्कीको ठहर छ । 

मनोमानी नीति बनाएर हटाउने कार्य सच्याएर निष्कासन गरिएका सबै जना कर्मचारीलाई पुनर्वहाली नगरिए चरणबद्ध आन्दोलनका गरिने केसीले बताए । 
इनफोटिच रोजगारदाताले दादागिरी गरि काम गर्न नदिए वीरको प्राङ्गणमा नै अनशन शुरु गर्ने भन्दै मजदुरको पक्षमा बोल्ने अधिकांश बक्ताहरुले सरोकारवालाहरु सच्चिनुपर्ने धारणा राखेका थिए ।   

पत्रकार सम्मेलनमा पीडित कर्मचारीहरूले  ‘श्रम कानून कार्यान्वयन गर’, ‘श्रम माफिया र विचौलिया होसियार,’ ‘काम गरी खान दे’ ‘ट्रेड युनियन अधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएका  प्लेकार्ड बोकेका थिए ।  

No description available.

कार्यक्रमको अन्त्यमा वीर प्रशासन र सहायक रोजगारदाताविरुद्ध आलोचनात्मक नारा लगाउनुका साथै वीर अस्पतालका  डाइरेक्टरलाई वार्तामार्फत समस्या समाधान गर्न  अपिल गरिएको थियो ।

वीर अस्पतालबाट यसरी निस्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल, संगीता श्रेष्ठ, जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार, इन्द्र राना, मुना बजगाई, सन्ता नेपाल, चौबहादुर गुरुङ र हिरा नेपाली छन् ।

विगत लामो समयदेखि वीर अस्पतालको  सरसफाइ देखि बिरामीको सेवामा कार्यरत उनीहरूलाई रोजगारदाता कम्पनी फेरिएसँगै सेवाबाट हटाइएको हो ।
विगत २ देखि  १५ वर्ष सम्म निरन्तर रुपमा ज्यालादारीमा काम गर्दै आएका उनीहरूलाई मुख्य रोजगारदाताकै निर्देशनमा सेवाबाट बञ्चित गरिएको मजदुर संगठनका नेताहरूको आरोप छ ।

ADVADV

सम्बन्धित खबर

Advertise