२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

पुल बगेर अवरुद्ध पाँचथरको हेवा खोलामा १२ दिनपछि यातायात सञ्चालन

ADV
लेखनाथ सिकारु
२०८१ असोज २५ गते १६:१२
पुल बगेर अवरुद्ध पाँचथरको हेवा खोलामा १२ दिनपछि यातायात सञ्चालन

पाँचथर : अविरल बर्षापछि  पुल बगेर अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत हेवा खोलामा १२ दिनपछि यातायात सञ्चालनमा आएको छ । अविरल वर्षापछि पुल बगाएर अवरुद्ध रहेको मेची राजमार्गस्थित हेवा खोलामा बुधबारदेखि यातायात सञ्चालनमा आएको छ । असोज १२ गते हेवाको बाढीले बेलिब्रिज बगाएपछि हेवाखोलामा पुणर्रुपमा सडक अवरुद्ध थियो ।

सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम सकिएसँगै हेवा खोलामा सवारी र ढुवानीका साधन तर्न थालेका हुन् । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ रहेको हेवा खोलामा गत वर्षमात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।

अघिल्लो वर्षको बाढीले पक्की पुल बगेपछि बनेको बेलिब्रिज यसपटक पनि पुन: बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दशैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारीको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र उपभोग्य बस्तु अभाव हुन थालेको थियो ।

असोज १४ गते डाइभर्सन गर्न थालेको सडक डिभिजनले ढिलो गरी निर्माण कार्य सम्पन्न गरेको थियो । चार दिनअघि नै काम सक्ने भने पनि ह्युमपाइप पूरा नआउँदा काममा ढिलाइ भएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए । डाइभर्सनको काम सकिएलगत्तै हेवा खोला वारि र पारि रोकिएका सवारी साधन आफ्नो गन्तव्यमा लागेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise