२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

संरक्षणमा चासो नदिँदा लोप हुँदै पानी घट्ट

Nada
कमल कुमाल
२०८१ कार्तिक ५ गते २०:४३
Shares
संरक्षणमा चासो नदिँदा लोप हुँदै पानी घट्ट

कालीकोट : विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कालिकोटका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् ।

ncell

एक दशक अगाडिसम्म कालिकोटका अधिकांस ग्रामीण क्षेत्रमा अत्यधिक रुपमा प्रयोग हुने गरेका पानी घट्ट अहिले लोप भएका हुन् । 

पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुने अवस्थामा पुगेको रास्कोट नगरपालिका वडा नम्बर ३ का स्थानीय नवीन कुमालले बताए ।

केही समय पहिला गाउँमा (अन्न पिस्ने काम) का लागि पानी घट्ट एकदमै भरपर्दो माध्यमका रुपमा परिचित थियो । तर यसको लोभ हुनुको कारण भनेकै एउटै हो, आधुनिक मिलको प्रयोग, पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । 

‘खासगरी पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्छ । खोलाको पानीलाई काठको पदालो निर्माण गरी केही माथिदेखि ठूलो काठको पदालोमार्फत फिर्केसम्म झर्ने गरी बनाइएको हुन्छ र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गरिन्छ’  उनले भने ।

पछिल्लो समय लोभ हुँदै गएको पानी घट्टको संरक्षण गर्नुपर्छ भन्ने हेतुले विगत दश दशकदेखि सञ्चालन गर्दै आइरहेको पानी घट्टको संरक्षण गर्नका लागि अहिलेसम्म सञ्चालन गर्दै आइरहेको बताए ।

ग्रामीण क्षेत्रमा बसोबास गर्दै आइरहेका नागरिकको शारीरिक जीवनको अंगजस्तै बनेको पानी घट्टलाई संरक्षण गर्नका लागि अनुदानको व्यवस्था गरेर भएपनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने हो, तर कुनै पनि स्थानीय सरकारले यसको संरक्षणका लागि चासो दिएको छैन ।

यदि सरकारले चासो दिने हो भने लोभ हुनबाट बञ्चित गर्न सकिने समेत घट्ट सञ्चालक बले कुमालको भनाइ रहेको छ । पछिल्लो समय जिल्लाका अधिकांस गाउँठाउँमा फाटफुट पानी घट्ट चल्ने गरेका देखिन्छन् ।

सम्बन्धित खबर