२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

कांग्रेस अर्घाखाँचीको १०० दिने अभियान शुरु

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ५ गते २१:०४
कांग्रेस अर्घाखाँचीको १०० दिने अभियान शुरु

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले  ‘गाउँजाउ, गाउँबसौं संगठन सुधार’ कार्यक्रम अन्तर्गत  १०० दिने संगठन सुदृढीकरण अभियान शुभारम्भ गरेको छ  । 

जिल्लाभर सबै समस्याको समाधान र समाधान हुन नसकेका विषयमा समाधानका लागि जिल्लामा  सुझाव लिएर आउने गरी कांग्रेसले ६१ वडामा खटिएका प्रतिनिधिलाई जिम्मेवारी तोकेर गाउँ पठाएको कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले जानकारी दिए ।

अभियान सोमबारदेखि शुरु भएको छ भने सबै वडामा जाने प्रतिनिधिहरूले पत्र क्रियाशिल सदस्यता नीति निर्देशनसहिताका आवश्यक सामग्री बुझेर प्रतिनिधिहरु गाउँ जान लागेका हुन् ।

६१ वडामा नै  जिल्लाका वरिष्ठ नेताहरु समेत प्रतिनिधिमा खटिएको कारण कांग्रेसको संगठन मजबुद हुने गरी अभियान शुरु भएको सभापति श्रेष्ठ बताए । 

कांग्रेस अर्घाखाँचीले  वडा प्रतिनिधिहरूको सूची सार्वजनिक गरिसकेको छ । प्रतिनिधिलाई बैठकका लागि पाँच बुँदे अभिमुखीकरणका लागि तीन मुख्य र आठ सहायक गरी ११ बुँदे, सदस्यताका लागि चार बुँदे, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र सम्पर्क समितिको समन्वयका लागि चार बुँदे कार्यादेश गाउँजाने प्रतिनिधिलाई जिम्मेवारी तोकिएको कांग्रेसको १०० दिने अभियानमा अर्घाखाँची खटिएका केन्द्रीय सदस्य सन्जय गौतमले बताए ।

यस्तै, अभिलेखीकरणका लागि तीन बुँदे, पार्टीमा रिक्त भएका पदपूर्तिका लागि दुई बुँदे र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वयका लागि तीनबुँदे कार्य क्षेत्राधिकार  केन्द्र प्रदेश जिल्ला र वडामा एउटै  (टीओआर) दिइएको केन्द्रीय प्रतिनिधि गौतमले बताए ।

कांग्रेसले अर्घाखाँचीले वडा तहका विवाद समाधान, सदस्यता वितरण, वडा पदाधिकारीको जिम्मेवारी बाँडफाँट, पार्टी र जनप्रतिनिधिले गाउँमा गर्ने समन्वय तथा समसामयिक विषयमा वडा तहका नेताहरूलाई दिने प्रशिक्षण दिएर वडाबाट  प्रतिवेदन  ल्याइ जिल्लामा बुझाउन प्रतिनिधिहरूलाई निर्देशन दिएको कांग्रेस उपसभापति बिष्णु भुसालले बताए । 

कांग्रेस पार्टीको आन्तरिक सांगठनिक विशेष अभियान भएकाले प्रतिनिधि अभिमुखीकरण, बैठक, सम्मेलन, सांगठनिक गतिविधि, समन्वय, पार्टीभित्र देखिएका समस्या र समाधानका उपायमा केन्द्रित हुन वडा प्रतिनिधिलाई लेखिएको पत्रमा  उल्लेख्य छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise