२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

गाउँमै डेरी उद्योग सञ्चालन, कृषक हर्षित

draupadi film
ललित बोहरा
२०८१ कार्तिक ७ गते २१:४२
गाउँमै डेरी उद्योग सञ्चालन, कृषक हर्षित

बैतडी : बैतडीमा स्थानीय उत्पादन दुधको बजारीकरण लागि डेरी उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्लाको सुर्नया गाउँपालिका– ८ ढोलेमा श्री लालिगुँरास साना किसान कृषि सहकारी संस्थाले डेरी उद्योग स्थापना गरेको हो ।

ढोले र किमगैरका स्थानीय किसानले उत्पादन गरेको दुध संकलन गरेर डेरीका परिकार बनाउने उद्देश्यले डेरीको स्थापना गरेको लालिगुँरास साना किसान कृषि सहकारी संस्थाका सचिव पार्वती विकले बताइन् ।

वमन्स बैंक र एफसिएको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल र सुर्नया गाउँपालिका नम्बर ८ को आर्थिक सहयोगमा डेरी सञ्चालनमा आएको हो ।

करिब ७ लाख ५० हजारको लगानीमा डेरी सञ्चालनमा भएको साडा नेपाल कृषि प्राविधि दिपेश सिंह धामीले बताए । उनले भने, ‘तीन पक्षले लगानी गरेर कृषकको उत्पादनले मूल्य पाउने गरेर डेरी सञ्चालनमा ल्याएका छौँ, डेरी सञ्चालन गर्न सक्ने सम्भावित कृषकलाई ६ दिने डेरीका परिकार बनाउने तालिम दिइएको छ ।’ 

डेरी सञ्चालन भएपछि किसानले उत्पादन गरेको दुधको बजारीकरणका लागि सहज भएको कृषक मानमती बोहराले बताइन् । उनले भनिन्, ‘आफुले घिउ समेत बिक्री गर्ने समस्या थियो, अब दुध बिक्री गर्ने पाउने भए खुसी लागेको छ, निरन्तर सञ्चालन हुनुपर्छ ।’ 

यस्तै सुर्नया गाउँपालिका– ८ ढोलेमै डेरी सम्बन्धी परिकार बनाउने तालिम शुरु गरेको छ । वमन्स बैंक र एफसिएको आर्थिक सहयोग तथा साझेदार संस्था सामाजिक चेतना तथा विकास संघ (साडा) नेपाल आयोजना र वडा नम्बर ८ को कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीको समन्वय तथा सहयोगमा तालिम शुरु गरेको आयोजक साडा नेपालका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । सहकारीमार्फत कृषि गर्ने महिला कृषकलाई समेत साडा नेपालले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक बोहराले बताए । उनले भने, ‘हामीले सुर्नया र सिगासमा सहकारीमार्फत समेत महिला कृषकलाई बिउ पुँजीकै रुपमा आर्थिक सहयोग गर्ने गरेको र्छौं । जसबाट महिला कृषकको आर्थिक उन्नती गर्ने लक्ष्य छ ।’

गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले कृषकको आर्थिक अवस्था सुधार गर्ने गाउँपालिका सहयोग गर्ने प्रतिबद्ध रहेको बताए । उनले स्थानीय उत्पादनलाई बढ्वा दिने गाउँपालिकाले समेत सहयोग गर्ने बताए । परम्परागत कोदो, फापर, कागुनो लगायतका बालीको बजार मुल्य उच्च भएकाले खेती सुरु गर्नु पर्ने अध्यक्ष कुवँरको जोड थियो । 

सुर्नया गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष भान बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर, विशिष्ट अतिथिमा मन्जु बोहरा महरा, अतिथि एफसिएका कार्यक्रम अधिकृत पुजा लामिछाने, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख तथा प्रशिक्षक ललित कठायत लगायतका सहभागी रहेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise