२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

रामनगर साना किसान कृषि सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

draupadi film
मनु यादव निरज
२०८१ कार्तिक ८ गते १२:०३
रामनगर साना किसान कृषि सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर -५ रामनगर कोदरकट्टीमा रहेको रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

रामनगर साना किसान कृषि सहकारीले सदस्यहरूबीच निक्षेप संकलन, ऋण लगानी, असुली, सदस्यहरूलाई व्यावसायिक ज्ञान, तालिम कार्यक्रम, अनुसरण कार्यक्रम, रेमिट्यान्स सेवा, पशु बिमा कार्यक्रम, सदस्य सुरक्षा बिमा बचत कार्यक्रम, भैंसी प्रर्वद्वन कार्यक्रम गरिरहेको छ ।

कार्यक्रम सप्तरी क्षेत्र नं.४ "ख"का प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह यादवको प्रमुख आतिथ्यता तथा उक्त सहकारीका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बलान बिहुल गाउँपालिकाको उपाध्यक्ष रेणु यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युवा नेता जितेन्द्र यादव, बलान बिहुल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादव, ५ नं. का वडा अध्यक्ष विन्देश्वर यादव, कार्यपालिका सदस्य सन्जिव कुमार शर्मा, सन्तोष कुमार साह, साना किसान कृषि सहकारी संस्था सिस्वा बेल्हीको प्रबन्धक श्रावण कुमार साह, समाजिक अभियन्ता पवन शर्मा, भवानी सा. कृषि स. सितापुर सिरहाका अध्यक्ष नन्द किशोर चौधरी, वरिष्ठ समाजसेवी तथा मा.वि. सेहराको पूर्व प्र.अ. दिनेश्वर प्रसाद यादव, सरस्वती साना किसान सहकारी संस्थाका अध्यक्ष चानो देवी राम, प्रबन्क विवेककुमर चौधरी र जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुखहरु, अध्यक्षहरु, सुरक्षाकर्मीलगायतको उपस्थितिमा संस्थाका अध्यक्ष रामचन्द्र यादवले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाको परिचय गराएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष शिवराम यादवले राखेका थिए भने कार्यक्रम सञ्चालन रामनगर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक भुप नारायण यादवले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise