२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमाले सखुवानन्कारकट्टी गाउँ कमिटीद्वारा शुभकामना आदान–प्रदान

shivam cement
मनु यादव निरज
२०८१ कार्तिक १० गते २१:२१
Shares
एमाले सखुवानन्कारकट्टी गाउँ कमिटीद्वारा शुभकामना आदान–प्रदान

सिरहा : नेकपा एमाले सखुवानन्कारकट्टी गाउँपालिका कमिटी सिरहाको आयोजनामा दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल एमाले पार्टी स्थायी कमिटी सदस्य, मधेश प्रदेश इन्चार्ज संघीय सांसद पूर्वमन्त्री लिलानाथ श्रेष्ठ रहेका थिए । 

कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य रामरती राम, संघीय सांसद सिरहा क्षेत्र नं १ बाट निर्वाचित रामशंकर यादव, प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी, प्रदेश कमिटी सदस्य सरियार चौधरी, अशोक यादव, सुमेश यादव, सिराहा  जिल्ला सचिव तथा भगवानपुर अध्यक्ष उग्रनारायण यादव र  राष्ट्रिय युवा संघ प्रदेश सचिव अशोक महतो  लगायत जिल्ला, नगर तथा वडाका बृहत् नेता तथा कार्यकर्ता र जनसमुदायको कार्यक्रममा उपस्थिति रहेको थियो।

यसैबीच सिरहामा शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी शुभकामना आदान–प्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ  । 

समुदाय र प्रहरीको साझेदारीमा सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं.१ वडा कार्यालयको प्राङ्गणमा सनराईज युवा कल्व नरहैया सिरहाको आयोजना, वडा कार्यालय, ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा, मुक्ति नेपाल गोलबजार सिरहाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त वडाका वडाध्यक्ष दिपक मुखियाको अध्यक्षता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर