२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गुणस्तरीय काम गर्न कर्मचारीलाई निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ३ गते १२:५०
गुणस्तरीय काम गर्न कर्मचारीलाई निर्देशन

अर्घाखाँची : संघीय कार्यान्वयन इकाइ रुपन्देहीका प्रमुख धर्मेन्द्र पन्थीले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । संघीय कार्यान्वयन इकाइ रुपन्देहीमा कार्यलय प्रमुखको रुपमा हाजिर भएका पन्थीले रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुका सबै फिल्डमा पुगेर योजनाहरुको अनुगमन गरेका थिए । त्यसपछि कार्यालयमा आयोजित कर्मचारीहरुसँगको छलफलमा पन्थीले गुणस्तरीय काम नगर्ने सरोकारवाला र काम गराउन नसक्ने कर्मचारीलाई आफूले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

फिल्डमै पुगेर योजनाहरुको आफैं नापजाँच गर्ने बताउँदै पन्थीले गुणस्तरीय काम गर्न र काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ र ४ मा भइरहेका योजनाहरुको स्थलगत निरीक्षण गर्दै पन्थीले गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिए ।

शितगंगामा लामो समयदेखि निर्माण व्यवसायीले काम नगरी बीचमै अलपत्र पारेको प्राथमिक स्वास्थ्य केन्द्र भवनको काम तथा केही सडकको काम पनि पन्थीले शुरु गराएका छन् ।

‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन । निर्माण व्यवसायीका केही अप्ठ्यारा समस्या समाधान गर्न हामी राज्यको प्रतिनिधिको हैसियतले सबै सहयोग गर्न तयार छौं, कार्यालय प्रमुख पन्थीले भने ।

संघीय इकाइ मातहत रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुका विभिन्न ठाउँमा भवन निर्माण गर्ने, कालोपत्रे गर्ने, सडक ढलान, आरसीसी गर्ने, सघन शहरी योजनाहरु संघीय सघन बस्ती निर्माण गर्नेजस्ता योजनाहरु रहेकाले ती योजनाहरुलाई गुणस्तरीय बनाउन तथा जनताले सरकार भएको अनुभूति गर्ने गरी काम गर्न उनले कर्मचारी तथा सरोकारवालालाई अनुरोध गरे ।

शहरी विकास मन्त्रालयमार्फत तीन जिल्लाका महत्वपूर्ण ठूला योजनाहरु अहिले संघीय इकाइ कार्यान्वयन अन्तर्गत पर्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise