
नेपालगन्ज : नेपालगन्ज कनक्लेभमा देउडा र बहुभाषिक कविता घन्किएको छ । लामो समयदेखि कार्यक्रममा बसेका सहभागीलाई अन्तिम सेसनमा राखिएको देउडा र बहुभाषिक कविताले मनोरन्जनसँगै उत्साह थपेको थियो ।
विष्णुकान्त आचार्य र खगेन्द्रप्रसाद न्यौपानेको टिमले गाएको देउडामा सहभागी झुमेका थिए । ‘सुदूर र कर्णालीको बाँके मावली घर, शासन र प्रणाली यो देशमा फेरिनु पर्छ, देउडा संस्कृति जोगाउन चुनौती छ’लगायत गीत गाउँदा सहभागीले वाह–वाहको हुटिङ गरेका थिए ।
साेम डेमनडाैरा, निर्मला शर्मा, हरि सुवेदी, देवकी निराैला, तेजप्रकाश दीक्षित, मिना बराल, डा. राजकुमार थारु, विष्णुलाल कुमाल, माे. मुस्तफा अहमद कुरैसी, चरित्रा शाह, नुरुल हसन राई र रेशम बिरहीले कविता बाचन गरेका थिए । याे सेसनकाे माेडरेटरमा सर्वर नेपाली थिए ।
याे अन्तिम सेसनसँगै कनक्लेभ सकिएकाे छ । कनक्लेभका सह-निर्देशक इन्जिनियर अर्सदकमल सिद्विकीले कार्यक्रमलाई समापन गर्दै नेपालगन्जकाे संभावना, चुनाैती र अवसरलाई एकैथलाेमा मन्थन गर्न कनक्लेभ आयाेजना गरेकाे बताए ।