सिरहा : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भगवानपुर गाउँपालिका कमिटी सिराहाले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा एकीकृत समाजवादी पार्टीका, मधेश प्रदेश अध्यक्ष पूर्वमन्त्री राम चन्द्र यादव रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला अध्यक्ष तथा प्रदेश सांसद प्रमोद कुमार यादव र जिल्ला कमिटी सचिव तथा प्रदेश कमिटीका सदस्य मधेश योगेन्द्र सिंह, राम दयाल यादव, र नेपाली कांगे्रस क्षेत्रीय सचिव श्यामसुन्दर यादव र जिल्ला कमिटी सचिवालय तथा क्षेत्र नं.१ को क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।