सिरहा : सिरहाको नवराजपुर गाउँपालिका वडा नं.३ मा दलित आवास भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
जनमत पार्टीका नवराजपुर गाउँपालिकाको पार्टी अध्यक्ष इन्जिनियर सुमन कुमार यादव र वडा अध्यक्ष प्रत्यासी उम्मेदवार रामसुरेश यादवको अगुवाइमा सिरहा क्षेत्र नम्बर –२ ‘क’ का मधेश प्रदेशका सांसद संजय यादवले १२ वटा भन्दा बढी आवास भवन निर्माण कार्य मंगलबारदेखि सुरु गरेका छन् ।
त्यसमध्ये नवराजपुर वडा नं.३ फुलबरीया दोनबार टोलमा अमर सदाको घर शिलान्यास गरिएको छ । त्यस्तै आरू भवनहरूको कार्य मंगलबारदेखि जारी हुन्छ,भने युवा नेता यादवले जानकारी दिए ।
स्थानीय तहको चुनाव २०७९ मा जनमत पार्टीबाट वडाध्यक्ष पदको प्रत्यासी उम्मेदवार रामसुरेश यादव एक किसानको छोरा सरल एवम् वडा बासीको लोकप्रिय युवा नेता समेत रहेको स्थानीय सुभाष शर्माले बताए ।