२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ कार्तिक २० गते १७:३९
Shares
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर