२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

धर्म, विज्ञान र कम्युनिष्ट

ADV
२०८१ कार्तिक २३ गते ०६:१५
धर्म, विज्ञान र कम्युनिष्ट

–लेखराज रेग्मी

धर्मसँग दुई कुरा जोडिएका छन्, १) आस्था र २) गुण चरित्र । तर आज धर्मसँग, यी दुवै चीज छैनन् । आस्था भनेको विश्वास हो भर पर्नु हो, पाखण्डीहरूले यसलाई चतुराइपूर्वक चेतना रहित जड वस्तुमा आस्थाको प्रत्यारोपण गरेर दुनियाँमा राज गर्न खोजे । यो बुद्धि मानव विकासको समयक्रम फरक–फरक र स्थान सुदूर हुँदा पनि एउटै विकासको चरणमा पैदा भएका देखिन्छन्, भेटिन्छन् त्यो भौतिक विज्ञानको विकास सूक्ष्म ज्ञानमा प्रवेश नगरेको र अनुसन्धान इन्द्रिय र अनुभवमा सीमित अवस्था थियो । स्थापित आध्यात्मिकहरू स्विकार्छन्, जहाँ ज्ञानको सीमा समाप्त हुन्छ, अध्यात्म त्यहीँबाट सुरु हुन्छ । आज विज्ञानले फड्को मारेको छ र ज्ञानको सीमा बिस्तार भएको छ । यसले अध्यात्मलाई सङ्कुचनमा पारेको छ । 

प्रकृति र सबै बस्तुहरू ज्ञेय छन् । तर, व्यक्तिको ज्ञानका सीमा छन् । जबसम्म समाजका हरेक व्यक्तिको ज्ञानको दायरा विकसित हुँदैन तबसम्म अध्यात्म रहन्छ । अध्यात्म आज र ऐतिहासिक हिसाबमा पनि अनुसन्धानको प्रतिस्पर्धामा होइन अज्ञानताको जगमा टिकिरहेको छ । विज्ञानले गरेका सबै चमत्कार उसलाई दैवीय लाग्न थाल्छ । त्यस कारण अनुभवहरूको वैज्ञानिक तार्किक सम्पुष्टिहरूको प्रचार प्रयोग र प्रमाणीकरणको प्रक्रियामा प्रवेश नगरी आफूलाई भौतिकवादी, अनीश्वरवादी दाबी गर्नु पनि परमेश्वर पथ नै हुन्छ अर्थात् ढोग र आडम्बर नै हुन्छ । आजका कम्युनिष्टहरूका दुर्दशाको मुख्य कारण यही हो । ज्ञानको सीमा, सामाजिक द्वन्द्वका आर्थिक आधार बारेको अस्पष्टता कार्यक्रमबारे धुमिल समझदारी वर्गीय पक्षधरताको अभाव, यी सबै कारणहरूको चल्ते पुनर्जागृत वीर पूजक नायकवाद र अन्ध आस्था अन्धविश्वास पराजित गर्न जति सम्भव हुन्छ, त्यति कम्युनिष्ट विचारधारा र आन्दोलन अगाडि बढ्छ । 

आफ्ना प्रयत्न जारी राख्दै विद्यमान सामाजिक संकटहरूको पहिचान र सकारात्मक परिवर्तनको दिशा निर्धारण गर्न उपलब्ध ज्ञान भण्डारमा पहुँच तथा आफ्नो ज्ञानको इमानदार प्रयोग र उदीयमान सामाजिक शक्तिको पक्षपोषणद्वारा आन्दोलनको विकाससँगै कम्युनिष्ट पार्टी र आन्दोलन अगाडि बढ्ने हो । अन्यथा आस्थाको बाटो आध्यात्मको बाटो नै हो र यसले धर्मलाई जगेर्ना गरिरहन्छ । 

धर्मसँग जोडिएको अर्को सवाल हो गुण चरित्रको कुरा । यसले प्राकृतिक ढङ्गले धर्मको उत्पत्ति र रक्षा गरिरहेको हुन्छ, यसको श्रोत अनुभवजन्य ज्ञान र त्यसका सीमा नै हुन । प्रकृतिको अध्ययनमा प्रयुक्त वैज्ञानिक पद्धतिले बस्तु र घटनाको गुण चरित्र र सम्बन्धहरूको प्रामाणिक अध्ययन गर्छ, परिघटनाका तथ्यहरूको अध्ययनबाट सत्य निरूपण गर्छ तर, अनुभूति र ज्ञानका सीमाहरूले एक प्रकारको भ्रम पैदा गर्छन् । यही गुण चरित्रहरूको अनुभवसिद्ध ज्ञानको सीमा समाप्तिसँगै पैदा हुने भ्रम अन्योल र आत्मसमर्पणले मस्तिष्कमा पार्ने भ्रमपूर्ण छाप हाम्रो समाजमा प्रचलित रित परम्पराको रूपमा धर्मको आधार बनेका छन् । भौतिक विज्ञानको सामान्यज्ञानको अभावमा एउटा मान्छे भौतिकवादी बन्न सक्दैन । आजका सबै विसङ्गतिको स्रोत यही हो । कम्युनिष्ट आन्दोलनभित्र बसेको आस्था, आत्मसमर्पण अन्धविश्वास जब विमुख दिशामा लाग्छ, यो प्रकारान्तरले धर्मको दिशामा लाग्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise