–विकेश श्रेष्ठ
युरोपमा एक प्रेत छाएको थियो, साम्यवाद कम्युनिजमको प्रेत ! इतिहासका सबैभन्दा प्रभावी पर्चा बनेको थियो त्यो । यसलाई निर्वासित दुई जना जर्मनहरूले सन् १८४७ मा अगाडि ल्याएका थिए । त्यस पर्चामा तत्काल क्रान्तिको विस्फोटको कुरा उल्लेख थियो । हुन पनि त्यसले यति प्रभाव पार्यो कि युरोपमा विस्फोट शुरु भइहाल्यो । र, त्यसको प्रभाव अझैसम्म पनि जारी छ । करिब ४० पृष्ठको त्यो पर्चाले समाजलाई अनौठो ढङ्गले रूपान्तरण गर्ने ल्याकत राखेको छ । त्यसले वर्षौंदेखि जकडिरहेको रहेको व्यवस्थालाई जरैदेखि धोल्याएको थियो ।
यसका लेखक फ्रेडरिक एंगेल्स र कार्ल मार्क्स थिए । प्लेटो या अरस्तु या कन्फ्युसियस या बुद्धको या तारससका साउल या पैगम्बर मोहम्मदको प्रतिभाभन्दा दुईको भिन्न थिएन । सायद विश्वभर छिट्टै प्रभाव पार्नुको पछाडि पनि यही कारण थियो । सँगै अन्यको केही विज्ञानसम्मत थिएन भने मार्क्स र एंगेल्सले विज्ञानसम्मत नै विषय अगाडि ल्याएका थिए ।
मार्क्स र एंगेल्स यस्तो समय र स्थानमा उपस्थित थिए, जहाँ सारा अन्तर्विरोध सघन भएको थियो र उनीहरूलाई केही यस्तो उपलब्ध थियो, जो अरूलाई थिएन । उनीहरू बौद्धिक परम्परा र वैज्ञानिक प्रगतिलाई यति बुझ्दथे कि अन्तर्विरोधलाई न केवल महसुस गर्न सक्दथे, त्यसको व्याख्या पनि गर्न सक्दथे ।
यी दुवै राइनलैण्ड क्षेत्रका मध्यम वर्गीय परिवारबाट आएका थिए । मार्क्सका पिता सरकारी अधिकारी थिए । एंगेल्सका पिताको राइनलैण्ड र मेनचेस्टरमा फैक्ट्री थियो । त्यहाँ जर्मनीका अन्य क्षेत्रका तुलनामा पुँजीवाद अधिक विकसित थियो । केही वर्षसम्म फ्रान्सका प्रभुत्वले सामन्ती अवशेषहरूलाई समाप्त गरेको थियो । तर, प्रशाका शासक त्यतिन्जेलसम्म पनि सामन्ती थिए । त्यसबाट मुक्तिका लागि पुराना मध्यम वर्गमा पनि सुधारको आकांक्षा थियो । नयाँ पिँढी यसै कारण क्रान्तिकारी थिए ।
१९औँ सदीको पहिलो दशकमा सारा युरोप यसरी जर्मनी पनि बौद्धिक प्रतिकृयावादको चपेटामा थियो । मार्क्स र एंगेल्स त्यही पिँढीमा सम्मिलित थिए, जुन अतीत र वर्तमानमा फसेको समाज कुनै समाधान चाहन्थ्यो । उनीहरूले हेगेलको अध्ययन गरे, फारबाखको तर्क लिए, हालबाख र हलबेटियसका विचारहरूमा डुबे र स्ट्राउटद्वारा धर्मको आलोचनाको अनुसरण गरे । उनीहरूले औद्योगिक पुँजीवादविरुद्ध पनि दुई–दुई हात गरे जो–जो आफ्नो जड् जमाइरहेको थियो ! एंगेल्सलाई उनका पिताले आफ्नो मेनचेस्टर स्थित फैक्ट्रीलाई रेखदेख गर्न ब्रिटेन पठाए । त्यहाँ उनले जर्मनीका उदार विचारहरूमा चित्रित सुनौला भविष्यका सपना र ब्रिटेनको औद्योगिक क्रान्तिबाट जन्मेको स्थितिको यथार्थताको बिच अन्तर्विरोध देखे र त्यसलाई ‘द कन्डिशन आफ द वर्किङ क्लास एण्ड इंलैण्ड’ मा बाँध हाले ! उनका कुराकानी ति मजदुरसँग भयो जो यो यथार्थसँग जुधिरहेको थियो । सन् १८४२ को हड्ताल पश्चात उनी इङ्लैण्ड पुगेका थिए । उनी चार्टिस्ट आन्दोलनमा सहभागी भएका थिए ।
उता कार्ल मार्क्स युनानका दर्शनमाथि गहिरो अध्ययनपछि २४ वर्षको उमेरमा भर्खरै सुरु गरिएको एक उदार अखबार ‘राइनिङ साइटुङ’को सम्पादक नियुक्त भए । यद्यपि, अखबार पत्रमाथि छिट्टै प्रतिबन्ध लाग्यो । सञ्चालन भएको छ महिनामै नै अखबारमाथि प्रतिबन्ध लगाइएको थियो । त्यस समयका बारेमा मार्क्सले लेखेका छन्– भौतिक प्रश्नहरूका रुबरु थियो । उनले लेखे कि कसरी सामन्त किसानद्वारा जङ्गलबाट संकलन गरिएको काठलाई ‘चोरी’ भन्दछन् ! र, उनले सोच्न सुरु गरे सम्पत्ति के हो ? त्यसको उत्पत्ति (उत्स) के हो ? उनी निर्वासित भएर पेरिस गए र त्यहाँ उनले हेगेलका ‘राइट आफ मैन’को अध्ययन गरे ! उनले पोलिटिकल इकोनोमिमा विशेष गरेर एडम् स्मिथ र रीकार्डोको गहन अध्ययन गरे ! उनले पुँजीवादका बारेमा आफ्नो विचार लेखे जो अप्रकाशित रहे !
मार्क्सले देखे कि स्मिथ, रिकार्डो र उनका अनुयायीद्वारा जनजीवनलाई बजारमा निर्भरता देखाएको छ ! तर, बजार भने मानिसद्वारा श्रमबाट उब्जेका उत्पादनका बिच अन्ततः क्रियाको अलावा अरू के हो ? अर्को शब्दमा मानिस आफ्नै बितेका समयमा कैदी बनेका छन् ! फायरबाखले आफ्नैद्वारा देवताहरूको पूजालाई ‘एलियशन’ भनेका थिए ! मार्क्सले त्यसैलाई पुँजीवादी बजारसँग तुलना गरिदिए । उनले भनेका छन्, ‘श्रमले जुन उत्पादनलाई पैदा गर्दछ, त्यो एक अपरिचित शक्तिको रूपमा त्यसको रुबरु खडा हुन्छ ! श्रमको उत्पादन एक चीजमा मूर्त हुन्छ – श्रमको मुर्तिकरण – पोलिटिकल इकोनोमीमा श्रमको यो चरितार्थता श्रमिकको लागि एक यथार्थको बचना जस्तो हो – त्यस चिजप्रति दासता जस्तो !’
‘मजदुर जति अधिक पैदा गर्दछ, त्यत्ति नै धन उपभोग गर्दछ ! उसको जति नै मूल्य पैदा गर्दछ, मूल्यहीन हुँदै जान्छ । श्रमलाई मेसिनबाट विस्थापित गरिदिन्छ । त्यो श्रमको एक भागलाई मेसिनमा रूपान्तरित गरिदिन्छ र अर्कालाई बर्बर श्रममा फालिदिन्छ । त्यो बुद्धिमत्ता जान्दछ तर, मजदुरको लागि मूर्खता, यो सत्य हो कि श्रम धनीहरूका लागि आश्चर्यजनक चीज पैदा गर्दछ तर, श्रमिकको लागि भने गरिबी नै । उसले महल बनाउँछ तर, श्रमिकको लागि गनाउने बस्तीहरू ! त्यो सौन्दर्य धनीको लागि हो, तर श्रमिकका लागि बिरूपता । श्रमिक आफ्नो लागि आफ्नो श्रमका बाहिर महसुस गर्दछ ! त्यो सहज जब हुन्छ जब उसले काम नगरेको होस् । काममा त्यसले सहज महसुस गर्दैन !
मार्क्सको निष्कर्ष छ– अमानवीयताको मुक्तिको एक मात्र उपाय हो, सामूहिक रूपबाट कम्युनिजमको माध्यमबाट उत्पादन प्रक्रियामा नियन्त्रण ! मानवको मुक्ति केवल सामन्ती अवशेषहरूलाई उखालेर फाल्ने राजनीतिक क्रान्तिबाट हुन सक्दैन, जस्तो कि उदारपन्थीहरू भन्दछन् । त्यसका लागि सामाजिक क्रान्तिको आवश्यकता छ, जो एक कम्युनिस्ट समाजको स्थापना गर्न सकोस् !
मार्क्स र एंगेल्स पेरिस र ब्रसेल्समा निर्वासित जर्मन समाजवादीहरूसँग भागीदार गर्दै आफ्ना विचारलाई व्यावहारिक दिनका लागि रहे ! फेरि तिनी निर्वासित कारीगरहरूको संस्था ‘द लिग आफ द जस्ट्’मा सहभागी भए ! छिट्टै नै सङ्गठनको नाम ‘द कम्युनिस्ट लीग’ भयो ! त्यसैको घोषणा– पत्र ‘द कम्युनिस्ट मैनिफेस्टो’ लाई लेख्ने दायित्व यिनैलाई सुम्पे !
यसबिच यिनका विचार विकसित हुँदै रहे ! ‘द होली फैमिली’ र एक अप्रकाशित पाण्डुलिपि ‘द जर्मन आईडोलोजी’मा उनले बाम मार्गी हेंगेलवादीहरूको आलोचना गरे । साथै, ज्ञानोदयका बिरासतका यो विचारको पनि अन्ध विश्वासका विरुद्ध तर्क बुद्धिका संघर्षबाट मात्र विश्व बदल्न सकिन्छ । उनले यसमा फायरबाखको भौतिकवादको मद्दत लिए तर, त्योभन्दा अगाडी बढे ! उनले धर्मलाई समाजको अज्ञान अभिव्यक्ति भनेका छन् । तर, उनले यस अज्ञानताको स्रोतका प्रश्न उठाएनन् ! द्वन्द्वात्मक व्याख्याले नै इतिहासको भौतिकवादी व्याख्यालाई सम्भव बनाउँछ ! उनले यसमा पोलिटिकल इकोनोमिको आफ्नो समीक्षा मिलाएर कम्युनिस्ट मैनुफेस्टोमा इतिहास र समाजको एक समग्र दृष्टि प्रस्तुत गरे ।