२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

अमेरिका र चीन व्यापार युद्ध कहिलेसम्म ?

ADV
२०८१ कार्तिक २९ गते ०६:२०
अमेरिका र चीन व्यापार युद्ध कहिलेसम्म ?

-डा.सुमनकुमार रेग्मी 

जुलाई ३१ २०१८ देखि जारी अमेरिका –चीन व्यापार युद्धको अन्त्यको उपाय निकाल्दा चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटकपटक हुँदै आएको छ । तर, कहिलेकाहीँ वार्ता ओझेलमा पर्दै आएको पनि देखिन्छ । व्यापारमा समस्या देखिएको भन्दै पटक–पटक अमेरिका र चीनले धेरै मूल्यका सामग्रीको कर वृद्धिमा होडबाजी पनि गर्दै आएका छन् । मुख्य चुरो विषय यही रहँदै आएको छ । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशको कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउने गर्छ । चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ तर, महिनौंदेखि कतिपय सामग्री नकिनेको अमेरिकाको आरोप छ । बताइन्छ कि चीनसँगको समस्या नै एकअर्कामा विश्वासघात हो । अमेरिकाले शुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको बताईन्छ । 

अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने भन्दै आएको छ । आठ वर्ष अघि सन् २०१६ मा आएर अमेरिकाले चुनाव अगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताईएको थियो । चुनाव लगतै चीनसँग व्यापार सम्झौता गर्न सकिने पनि भनिएको थियो । चीनले पनि तत्कालीन राष्ट्रपतिले चुनाव जित्ने बताएको थियो । सन् २०२० को चुनाव पछि यो सम्झौता भएमा झनै कडा शर्तमा व्याापार हुने आंकलन गरिएको थियो । २०२४ को चुनाव पछि मोड कता जानेछ भन्ने प्रश्न यतिबेला छ । यदि चुनावपछि यो थप सम्झौता भएमा ठलो हानी हुने मानिएको थियो । यस किसिमको सम्झौता यो भन्दा पहिले कहिल्यै भएको आंकलन गरिएको थिएन । अमेरिका र चीनबीच हुँदै आएका वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ पछि चलीरहेको व्यापार युद्ध अन्त्य गर्ने वार्ता लम्बिने देखिन्छ ।

अमेरिका र चीनबीचको व्यापार वार्ता जनवरी २०१८ देखि २०२४ आउँदासम्म पटक–पटक हुँदै आएका छन् । यस्तो वार्ता कहिले अमेरिका र कहिले चीनमा हुने गर्छ । दुवै देशबीच व्यापार विवाद सुुल्झाउन व्यापार वार्ता हुँदै आएको छ । यस्तो वार्तामा बौद्धिक सम्पत्ति, जबर्जजस्ती प्रविधि हस्तान्तरण, कृषि, सेवा, खरिद र कानन कार्यान्वयनलगायत विषयमा छलफल हुने गर्छ । तर, हरेक पटकका व्यापार वार्ता पछि दुवै देशले कर बढाउने अभिव्यक्ति दिने गर्छन् । अमेरिकी प्रविधि चीनले चोरेको, बौद्धिक सम्पतिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुल्ला नगरेको लगायतका आरोप अमेरिकाले चीनलाई लगाउने गरेका छन् ।

मे ११, २०१९ तिर अमेरिकाले २५ प्रतिशतका दरले दई सय अरबका सामानमा कर बढाएकाले विश्वका यी दुई ठूला अर्थतन्त्रले विश्वमा नै मच्चाएका थिए । यसले विश्वमा तनाव ल्याएको थियो । सो तनावले तेल खपत गर्ने देशलाई पनि असर पार्दैै आएको थियो र सो असर अहिले पनि छ । चीन र अमेरिका बौद्धिक सम्पत्ति र प्रविधि मुद्दाहरुमा देखिन्छन् । अमेरिकाको माग सबै सम्बोधन हुनेगरी अमेरिका र चीन व्यापार हुन नसक्ने स्वयम् केही अमेरिकन नै बताउँछन् । अमेरिकाले २५० अर्ब डलरका सामानमा अक्टुबर १, २०१९ देखि बढाउने भनेको कर केहीको लागि रोकिएको भनिएको थियो । 

विचारणीय पक्ष

चीनले अमेरिकासँग आफूू लामो अवधिको लागि व्यापार युद्ध लड्नका लागि तयार भएको जनाउँदै आएको छ । चीनले अमेरिकामा विश्वबाट रेयर अर्थ आपूर्ति मध्येको ८० प्रतिशतको हिस्सा लिँदै आएको अवस्थामा चीनले रेयर अर्थको आपूर्तिका उद्योगका नीतिहरुका संगालो सार्वजनिक गर्ने भन्दै आएको थियो । चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रुपमा प्रयोग गर्न सक्ने देखिन्छ । १७ वटा तत्वका रेयर अर्थका सम्मिश्रणको पदार्थ स्मार्टफोन, हस्पीटल स्क्यानर, परमाणु उर्जा स्टेशन र एलईडी लाईटका लागि प्रयोग हुँदै आएको छ । 

अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत रहेको थियो । चीनले यस्ता खनिजका बिक्रीमा प्रतिबन्ध लगाउने भनाई राख्दै आएको थियो । त्यसै अनुरुप अमेरिकाले पनि यसको विकल्पका रुपमा तयार रहेको जनाउँदै आएको थियो । अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्टस र प्रविधि खरिद गर्न रोक लगाएपछि रेयर अर्थलाई हतियारका रुपमा प्रयोग गर्ने विचार चर्चामा आएका पाइन्छ । चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रवर्द्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ । 

चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्वारा ताजगी ल्याउन चाहान्छन् । व्यापार युद्धपश्चात चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भईसकेका छन् । ६ बर्ष भन्दा बढीको अमेरिका र चीनबीचको व्यापार युद्ध जी १९ का समुहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दापनि समाधान भने भएको छैन ।

व्यापार वार्ता टुंगिएला त ?

विगत ६ वर्षदेखि भईआएको जारी अमेरिका तथा चीन व्यापार युद्ध अन्त्य गर्नको लागि सम्भावित उपाय निकाल्न दुई देशबीच पटकपटक भएका बैठक रचनात्मक भनिदै आएको छ । अमेरिकाले चीन पक्षमा निर्णय लिई आएको अमेरिकाले भन्दै आएको छ । जापानमा दुई देशबीच भएको वार्ता सहमतिअनुसार दुवै पक्षले महत्वपूर्ण तथा प्रभावकारी तरिकाले वार्ता भएको बताईएको थियो । दुई पक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ उँचाईमा पुर्‍याउने विश्वास लिईएको थियो । यो भेटवार्ता जापानमा जी २० को शिखर सम्मेलनमा भएको थियो । यस सम्मेलनमा नै अमेरिकाले चीनमाथी थप कर वृद्धि गर्ने प्रतिक्रृया दिएको थियो ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रुपमा देखिँदै आएको थियो । यो अवसरको फाईदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाईटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्छ । अमेरिका र चीनबीच व्यापार युद्ध भईरहेको अवस्थामा भारतले यी दुई देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान गरेको देखियो । अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका थिए । अमेरिका र भारतबीचको व्यापार युद्ध भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठूूलो अवसरका रुपमा लिन थालिएको छ । 

डिजेल, एक्स रे, ट्यूब तथा केही रसायनसहित १ सय ५१ उत्पादनलाई भारतले चीनमा निर्यात गर्न सक्ने भनिएको छ । पहिले चीनले यी वस्तुहरु अमेरिकाबाट आयात गर्दै आएको थियो । अमेरिकाले केही वस्तुहरु व्यापार युद्ध अगाडि चीनबाट आयात गर्दै आएकोमा युद्ध दौरानकालमा अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको थियो । अमेरिका र चीनबीचको युद्धले भारतलाई फाइदा हुने देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise