२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

सिरहा नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने

draupadi film
मनु यादव निरज
२०८१ मंसिर १ गते १६:१७
सिरहा नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने

सिरहा : सिरहा नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवले दुई दिने निःशुल्क आँखा शिविर मंसिर ४ र ५ गते नगरपालिकाको सभा हलमा हुने जानकारी दिए ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालन गरिने शिविरमा अत्याधुनिक प्रविधिसहित उच्च गुणस्तरीय र सर्वसुलभ सेवा दिइने नगरपालिकाले जनाएको छ । शिविरमा आँखा जाँच गराउन आउन रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरले अनुरोध नगरबासीमा अनुरोध गरेको छ ।

यदि आँखा जाँचका क्रममा मोतियाबिन्दु भएका बिरामी भेटिए उनीहरुलाई क्योर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोगमा फूलकुमारी महतो मेमोरियल हस्पिटल आँखा विभाग कर्जन्हामा निःशुल्क शल्यक्रियाकोको व्यवस्था गरिएको नगरपालिकाको भनाइ छ । शल्यक्रिया मंसिर १२ र १३ गते फूलकुमारी महतो मेमोरियल हस्पिटलमा हुने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise