२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाल र साउदी अरेबियाबीच व्यापार प्रवर्द्धनबारे छलफल

Nada
अन्जान गुभाजु
२०८१ मंसिर ६ गते २३:०३
Shares
नेपाल र साउदी अरेबियाबीच व्यापार प्रवर्द्धनबारे छलफल

रियाद : नेपाल र साउदी अरेबियाबीच व्यापार प्रवर्द्धनसम्बन्धी महत्वपूर्ण छलफल भएको छ । करिब ४ लाख नेपालीहरूको बसोबास रहेको साउदी अरेबियामा नेपाली दूतावासका कार्यवाहक राजदूत डा. डमरुबल्लभ पौडेलले साउदी अधिराज्यको जनरल अथोरिटी फर फरेन ट्रेडका एसियाली क्षेत्रका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक फालेह अल–मुतैरीसँग औपचारिक छलफल गरेका हुन् ।

ncell

बैठकमा नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार विस्तारका विषयमा गहन छलफल भएको थियो । नेपाली पक्षले साउदी बजारमा नेपाली उत्पादनहरू, विशेषगरी हस्तकला, कृषि उत्पादन र अन्य सामग्रीहरूको निर्यात वृद्धि गर्न दुवै देशका निजी क्षेत्रका व्यवसायीहरूबीच प्रत्यक्ष संवादको खाँचो रहेको औंल्याएको थियो ।

साउदी पक्षले गैर–पेट्रोलियम व्यापार प्रवर्द्धनमा विशेष प्राथमिकता दिने बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको आश्वासन दिएको छ । यो छलफलले नेपाल र साउदी अरेबियाबीचको व्यापारिक सम्बन्ध थप सुदृढ गर्दै नेपाली उत्पादनहरूलाई साउदी बजारमा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

No description available.

सम्बन्धित खबर