काठमाडौं : यूएईले कामदारमाथि हातपात गर्ने रोजगारदातालाई कडा कारबाहीको प्रावधान ल्याएको छ । कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिरामसम्म जरिवाना हुने व्यवस्था गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यूएईले २०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ मा श्रमिकमाथि काम गर्न अनावश्यकरुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा ६ महिनाभन्दा कम अवधिका लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ ।
योजनावद्ध ढंगले कामदारमाथि व्यक्तिगत वा सामूहिक दुर्व्यवहार गरेको अवस्थामा एक वर्षसम्म कैद र एक लाख दिरामसम्म जरिवाना हुने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies