२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

ईनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिहीबार अदालतले ईनम, महेश श्रेष्ठ र सुशील भट्टलाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।

Nada
२०८३ मंसिर ३ गते १८:२०
Shares
ईनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

बिहीबार अदालतले ईनम, महेश श्रेष्ठ र सुशील भट्टलाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।

ईनमसँगको कनेक्सन देखिएपछि पक्राउ परेका श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व सीईओ हुन् 

ईनमविरुद्ध राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । अन्य दुई जनामाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर