२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

साउदी अरबको दम्माममा वितरण गरियो २ हजार बढी राहदानी 

Nada
अन्जान गुभाजु
२०८१ मंसिर ८ गते ०९:३४
Shares
साउदी अरबको दम्माममा वितरण गरियो २ हजार बढी राहदानी 

दम्मामः नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबको संयुक्त प्रयासमा पूर्वी क्षेत्रको दम्माममा राहदानी वितरण कार्यक्रम सम्पन्न भएको छ।

ncell

दशैं, तिहार र छठ पर्वका कारण लामो समयदेखि रोकिएकाे राहदानी नविकरण प्रक्रियाका लागि २०२४ अक्टोबर ३० सम्म आवेदन दिएका २ हजार २०३ जना सेवाग्राहीको राहदानी दम्मामको सिको गार्डेनमा वितरण गरिएको हो।

पूर्वी क्षेत्रका दम्माम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतका स्थानमा रहेका सेवाग्राहीहरूले राहदानी वितरण प्रक्रियालाई सरल र प्रभावकारी बनाइएकोमा खुसी व्यक्त गरेका छन्। 

कार्यक्रममा एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले श्रमिकहरूको सेवामा समर्पित राजदूतावास, संघ–संस्था, स्वयंसेवकहरू तथा समन्वयमा खटिएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाली श्रमिकहरूको हितका लागि सामूहिक प्रयासको आवश्यकता रहेको बताइन्।

राहदानी वितरण कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर