२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कविता : राजनीतिले विद्रोह गर्छ, जब !

ADV
मध्यान्ह
२०८१ जेठ १९ गते १५:५९
कविता : राजनीतिले विद्रोह गर्छ, जब !

–विकेश श्रेष्ठ

राजनीतिले जब ! 
अराजनीतिमा रूप रङ्ग फेरिए पछि
अब त नेताहरूले 
देश र जनताको उन्नतिको लागि 
सत्ता केन्द्रित 
राजनीति गर्न छोड्नु पर्छ कि ? 
एक लोटी सत्ता कब्जाको सोच त्याग 
मिलिजुली सत्ता चलाऊ, शासन गर ! 
वंशतन्त्र, परिवारवाद, दलीयवाद त्याग गर 
देश लुटको कमाउ धन्दा बन्द गर–गराऊ ! 
राजनीतिलाई धन्दा नबनाऊ ! 
जनतालाई आफैं निर्भर बन्ने वातावरण बनाऊ ! 
हरेक कुरामा परनिर्भर नबनाऊ ! 
बाँकी जनता आफैले गर्छन् 
किनकी, 
जनता नै इतिहासको निर्माता हुन् 
प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्रको लागि 
७० वर्ष तीन पुस्ता बिते ! 
अब उपलब्धि रक्षा वा उल्ट्याउने
राजनीतिले अब 
राजनीतिक होइन, 
अराजनीतिकले राजनीति गर्नेछन् ! 
अन्यथा, 
जुनसुकै रूप र नामका राजनीतिविरुद्ध 
विद्रोहले जन्मले लिनेछ !
र, अराजनीतिले
राजनीतिक विद्रोह गर्नेछन् !

ADVADV

सम्बन्धित खबर

Advertise