२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

गृहमन्त्री लामिछानेको दाबी- 'जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो'

ADV
मध्यान्ह
२०८१ असार ६ गते ११:४२
गृहमन्त्री लामिछानेको दाबी- 'जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो'

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् ।

गृहमन्त्री लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका हुन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको उनले बताए ।

यस्तै गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक फेर्ने चर्चा कतै नचलेको स्पष्ट पारे । उनले सो विषयमा कसैले चर्चा चलाएको र त्यसमा सत्यता नरहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise