२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा

Nada
२०८३ कार्तिक २७ गते १४:५७
Shares
छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं : सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

सरकारले यसअघि नै कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

गृह मन्त्रालयका अनुसार छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहिआएकाले भोलिपल्ट समेत सार्वजनिक बिदा दिइएको हो ।

No description available.

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर