२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई दियो १२६ रनको लक्ष्य

Nada
२०८३ कार्तिक २७ गते १४:२०
Shares
सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई दियो १२६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।

सुरुवातमै कमजोर देखिएको सुदूरपश्चिमको इनिङ्सलाई कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाले । टोलीले मात्र ८ रन बनाउँदा चार विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका दीपेन्द्रले जिम्मेवार ब्याटिङ गर्दै अर्धशतक पूरा गरे ।

उनले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिँदा आरिफ शेखले १६ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । स्कट कुगेलेइन ६ रन, विनोद भण्डारी १ रनमा आउट भए भने ब्रान्डन म्याकमुलेन र इशान पाण्डे खाता नै नखोली पवेलियन फर्किए ।

काठमाडौंका लागि जहानद खानले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । सन्तोष यादवले दुई विकेट हात पार्दा अन्य बलरले विकेट लिन सकेनन् ।

सुदूरपश्चिमका लागि प्लेअफमा पुग्ने सम्भावना कायम राख्न यो खेल जित्नु अनिवार्य छ । जारी प्रतियोगिताको समूह चरणमा उसको यो अन्तिम खेल हो ।

यता, ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजले जित निकाले शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्दै सिधै क्वालिफायरमा प्रवेश गर्नेछ । त्यसैले दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण बनेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर