२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने

Nada
२०८३ कार्तिक २७ गते १४:३८
Shares
एमालेको राष्ट्रिय भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने

काठमाडौं : नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुनेछन् ।

भेलाको तयारीबारे शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पालिका कमिटीबाट १ हजार ५०६, जिल्ला तहबाट ४४०, केन्द्रीय सदस्य ३४६ तथा स्थानीय तहका जनप्रतिनिधिसहित विभिन्न तहका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

भेलाको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकमा प्रदेशका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता रहने जानकारी गराएका थिए । यातायात व्यवस्थापन सहज बनाउन एमालेले सहभागीलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर