२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

संघीय संसद्का कर्मचारीको आन्दोलनबारे छलफल, जुटेन सहमति

ADV
मध्यान्ह
२०८१ असार ६ गते १२:१९
संघीय संसद्का कर्मचारीको आन्दोलनबारे छलफल, जुटेन सहमति

काठमाडौँ : सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच संघीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विना निष्कर्ष  सकिएको छ । 

अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख घिमिरे,अध्यक्ष दाहाल र अर्थमन्त्री पुनबीच छलफल भएको थियो ।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन् ।

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएको उनको सचिवालयले जनाएको छ । बुधबारको प्रतिनिधिसभको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise